सिन्धुली ४ जेठ
सिन्धुलीको मरिण गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका बिमर्श मोक्तान(प्रख्यात) बिजयी हुनुभएको छ । नेकपा एमालेका गाउँपालिकाका अध्यक्ष पदका उमेदवार गोबिन्दलाल माझिलाई ४ सय ३४ मतान्तरले हराउँदै मोक्तान बिजयी हुनुभएको हो ।
७ वटा वडा भएको मरिण गाउँपालिकाको मत गणना गर्दा माओवादी केन्द्रका मोक्तानले ५ हजार १ सय ९४ मतका साथ बिजयी हुनुुभएको हो । नेकपा एमालेका अध्यक्ष पदका उमेदवार गोबिन्दलाल माझिले ४ हजार ७ सय ६० मत प्राप्त गर्नुभएको थियो ।
मोक्तान २०७४ साललको पहिलो स्थानियतहको निर्वाचनमा वडा नम्बर ३ बाट निर्वाचित वडा अध्यक्ष तथा मरिण गाउँपालिकाका सरकारका प्रबक्ता समेत हुनुहुन्थ्यो ।

मरिण गाउँपालिकामा नेकपा माओवादी र नेपाली काङग्रेस गठबन्धन भागबण्डामा माओवादी केन्द्रलाई प्रमुख र नेपाली काङग्रेलाई उपप्रमुख भागमा परेको थियो ।
त्यस्तै मरिण गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनदल तर्फका नेपाली काङ्ग्रेसकी बिमला माझि बिजयी हुनुभएको छ । माझिले ५ हजार २ सय ८१ मत सहित उपाध्यक्षमा बिजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्दी नेशनल अर्गनाइजेशन पार्टि नेपालका मन्जु माझिले २ सय ८२ मत प्राप्त गर्नुभएको छ । नेकपा एमाालेबाट गाउँपालिकाको उपाध्यक्ष पदमा मनोनयन दर्ता गर्नुभएको संगिता माझिले केहि दिनमै उमेदवारी फिर्ता लिनुभएको थियो ।
मरिण गाउँपालिकाको ७ वडा मध्य ४ नम्बर वडामा नेकपा एमालेर वडा नम्बर १,२,३,५,६ र ७ मा माओवादी केन्द्रको प्यानलनै बिजयी भएको छ ।