दुधौलिमा गठबन्धनदल फराकिलो मतान्तरका साथ बिजयी,अध्यक्षमा दनुवार र उपाध्यक्षमा थारु निर्वाचित

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली ४ जेठ
सिन्धुलीको दुधौलि नगरपालिकाको नगर प्रमुखमा माओवादी केन्द्रका दिनेश अधिकारी दनुवार बिजयी हुनुभएको छ । नेकपा एमालेका लक्ष्मण कार्किलाई फराकिलो मतान्तरले पराजित गदैँ गठबन्धनदल तर्फका संयुक्त उमेदवार माओवादी केन्द्रका दिनेश अधिकारी बिजयी हुनुभएको हो ।
निर्वाचित दनुवारले १५ हजार ८ सय ३८ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी कार्किले १० हजार ६ सय ५२ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै उपाध्यक्षमा सत्ता गठबन्धनदलका संयुक्त उमेदवार नेपाली काङग्रेस तर्फका चन्द्र किशोर थारु बिजयी हुनुभएको छ । नेकपा एमालेका बाल कुमारी अधिकारीलाई फराकिलो मतान्तरले पराजित गदैँ थारु बिजयी हुनुभएको हो ।
निर्वाचित उपाध्यक्ष थारुले १४ हजार २ सय १३ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी अधिकारीले १० हजार ६ सय ११ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्ष पदमा पराजित हुनभएका बाल कुमारी अधिकारी २०७४ सालको पहिलो स्थानियतहको निर्वाचित गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ ।
दुधौलि नगरपालिकाको १४ वटा वडा मध्य १, ३, ४, ५, ६, ७ र ८ नम्बर वडा नेपाली कांंग्रेसले जितेको छ । वडा नम्बर २, ९, १० र ११ मा एमाले र १२, १३, १४ नम्बर वडामा माओवादी केन्द्रले जितेको दुधौलि नगरपालिकाका निर्वाचन कार्यलयले जनाएको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.