Views:
67
सिन्धुली, ०४ जेष्ठ ।
कमलामाई नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसका पुर्ण बहादुर खड्का विजयी हुनुभएको छ । आफ्नो प्रतिद्धोन्दी नेकपा एमालेका चुडामणी श्रेष्ठलाई हराउदै नेपाली कांग्रेसका पुर्ण बहादुर खड्का विजयी हुनुभएको हो । श्रेष्ठले ७ सय ५८ मत पाउदा खड्काले ९ सय १४ मत पाएर जित हासिल गर्नुभएको हो ।
वडा अध्यक्षमा विजयी हुनुभएका खड्का सहित सदस्यमा नेपाली कांग्रेसका प्रकाश सुनुवार (कल्यण) र टेक बहादुर तामाङ, महिला सदस्य नेकपा एमालेकी जमुना कुमारी श्रेष्ठ र दलित महिला सदस्य कान्छी माया सार्की विजयी हुनुभउको छ ।
वडा अध्यक्षमा विजयी हुनुभएका खड्का २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट ५ नम्बर वडामा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
LikeShares0