Views:
64
सिन्धुली, ०४ जेष्ठ ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका महेन्द्र ढकाल विजयी हुनुभएको छ । आफ्नो प्रतिद्धोन्दी नेकपा एमालेका अमृत बहादुर श्रेष्ठलाई पछि पार्दै विजयी हुनुभएको हो ।
उहाँ २०७४ को स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसबाट ४ नम्बर वडामा अध्यक्ष बन्नुभएको थियो । निर्वाचित नेपाली कांग्रेसका ढकाल १ हजार ५ सय ९८ मतको साथ विजयी हुँदा उहाँका प्रतिद्धोन्दी नेकपा एमालेका श्रेष्ठले १ हजार २ सय ३१ मत प्राप्त गर्नुभएको छ ।
वडा नम्बर ४ मा सदस्यमा नेपाली कांग्रेसका युवराज श्रेष्ठ, नेकपा एमालेका धन कुमारी श्रेष्ठ, महिला सदस्य शिव कुमारी रायमाझी र दलित महिला सदस्य गोरी सर्किनी विजयी हुनुभएको छ ।
LikeShares0