Views:
67
सिन्धुली, ०३ जेष्ठ ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका बज्रध्वज वाइबा निर्वाचित हुनुभएको छ । वाइबा १ हजार १ सय १३ मतको फराकिलो मत अन्तरले निर्वाचित हुनुभएको हो । उहाँले ४ हजार ७ सय २९ मत प्राप्त गर्दा उहाँका प्रतिद्धोन्दी एमालेका मानबहादुर वाइबाले ३ हजार ६१६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, उपाध्यक्षमा कांग्रेसका चेख बहादुर थिङले ५ हजार ७०३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्धोन्दी निर्मला ठाडामगरले आधा २ हजार ८ सय ५५ मत प्राप्त गर्नुभएको छ ।
८ वटा वडा रहेको हरिहरपुरगढी गाउँपालिकामा वडा नम्बर १ मा एमाले वडा नम्बर २ मा कांग्रेसले वडाध्यक्ष सहित प्यानल जित हात पारेको छ भने बाँकी ३ देखि ८ सम्मका ६ वटा वडाहरुमा माओवादी केन्द्रले अध्यक्ष सहितको प्यानलै विजयी हासिल गरेको छ ।
LikeShares0