Views:
71
सिन्धुली, ०३ जेष्ठ ।
सिन्धुलीको तीनपाटन गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका कर्णबहादुर थापामगर पुन निर्वाचित हुनुभएको छ । अध्यक्षमा निर्वाचित थापामगरले ९ हजार २ सय ३९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्धोन्दी नेकपा एमालेका छत्र बहादुर दाहालले ८ हजार ४२ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका धन बहादुर पुलामी ८ हजार ३ सय ९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्धोन्दी एमालेकी पदममाया तामाङले ७ हजार ९ सय ८ मत पाउनुभएको छ ।
तीनपाटन गाउँपालिकाको ११ वडामध्ये ९ वटा वडामा कांग्रेस वडाध्यक्ष सहित प्यानलै विजयी भएको छ भने वडा नं १ र ५ मा एमाले विजयी भएको छ ।
LikeShares0