गोलन्जोरको अध्यक्षमा नेकपा एमालेका बराल र उपाध्यक्षमा माओवादीका न्यौपाने निर्वाचित

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली ३ जेठ
सिन्धुलीको गोलन्जोर गाँउपालिकाको अध्यक्षमा नेकपा एमालेका उमेदवार शंकरराज बराल निर्वाचित हुनुभएको छ । नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको गठबन्धनका अध्यक्ष पदका उमेदवार नेपाली काङग्रेसका पुष्प कार्कि लाई हराउँदै नेकपा एमालेका बराल बिजयी हनुभएको हो ।
बराल ४ हजार ७ सय ४४ मत प्राप्त गर्दै गाँउपालिका अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धोन्दी नेपाली कांग्रेसका पुष्प बहादुर कार्कीले ४ हजार ४ सय ६३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, गाँउपालिका उपाध्यक्षमा नेकपा एमालेकी ममता देवकोटालाई हराउदै नेकपा माओवादी केन्द्रका ज्वाला प्रसाद न्यौपाने विजयी हुनुभएको छ । न्यौपानेले ४ हजार २ सय ४२ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिद्धोन्दी नेकपा एमालेकी देवकोटाले ३ हजार ८ सय ३८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै गोलन्जोर गाउँपालिकाको वडा नम्बर १ र ३ मा माओवादीका क्रमश सोम बराल र कृष्ण प्रसाद पोखरेल बिजयी हुनुभएको छ ।
त्यस्तै वडा नम्बर २,४ र ६ मा नेपाली काङग्रेसका क्रमश दौलत कार्कि,अर्जुन भुजेल(भक्त) र रबिन कुमार श्रेष्ठ बिजयी हनुभएको छ ।
वडा नम्बर ५ र ७ मा नेकपा एमालेका क्रमश गोबिन्द लुङ्गेली मगर र रेगनराज थापा बिजयी हुनुभएको हो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.