असन्तुष्ट व्यक्तिलाई पनि सन्तुष्टि मिल्ने गरी काम गर्छु : नवनिर्वाचित अध्यक्ष वाइवा

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली ३ जेठ
असन्तुष्ट व्यक्तिलाई पनि सन्तुष्टि मिल्ने गरी काम गर्ने कमलामाई नगरपालिका वडा नम्बर २ का नवनिर्वाचित अध्यक्ष इन्द्र वाइवाले बताउनु भयो । निर्वाचित भएपछि विजय उत्सवमा स्थानियबासी सँग भेटेर अध्यक्ष वाइवाले वडाभित्रै केहि असन्तुष्ट ब्यक्ति भएकाले उनीहरुलाई पनि सन्तुष्टि मिल्ने गरी काम गर्ने बताउनु भएको हो ।


जनताले बिश्वास गरेर दिएको मतको खेर जान नदिने बताउँदै लामाले एउटा भिजन लिएर वडाको काममा अघि बढ्ने बताउनु भयो । उहाँले भन्नुभयो “वडाबासीको समस्या म घरघरमै गएर बुभm्ने छु । वडाबासीको आधारभुत आबश्यकता भित्रैकै आखै अगाडि भएका आबश्यकताहरु खानेपानी अभाव,सडक ब्यबस्थापन,जस्ता ठाडै देखिएका समस्या बाहेक अन्य समस्याको पनि समाधानको लागी पहल गर्ने छु”


वडाबासीको सहमति बिना कुनै काम अगाडि नबढाउने वाइवाको भनाई छ । २ नम्बर वडाको कुसुम्टारका स्थानियलाई वडा कार्यलय सम्म जानका लागी ४ घण्टा समय लाएर जानु पर्ने बाध्यता रहको भन्दै गुनासो आएकाले वाइवाले यहि आर्थिक बर्षमै सो समस्याको समाधानको लागी पहल गरीसडक निर्माण गर्ने बताउनु भयो । सो सडक निर्माणको लागी १ करोड बराबरको बजेट बिनियोजनको लागी पहल गर्ने तयार रहेको वाइवाले बताउनु भयो ।


मरिण डाइभर्सनमा २ नम्बर वडाबासीहरु श्रम गरिरहेका छन् । श्रमिकहरुलाई कम्पनिले उचित श्रममुल्य नदिएको कम्पनिले शोषण गरेको भन्ने श्रमिकहरुको गुनासो आइरहेकाले मरिण डाइभर्सनका प्रमुख सँग छलफल गरेर समस्या समाधान गर्ने वाइवाले प्रतिबद्धता गर्नुभयो ।
वाइवाले आफु जनताको मालिक भएर हैन सेबक भएर काम गर्ने बताउनु भयो ।

२ नम्बर वडामा भएका नेटवर्क,बिधुत स्वास्थ्य,शिक्षा लगायतका समस्यालाई केहि समयमै समाधान गर्ने बताउँदै दिनहु वडा बाट बैदेशिक रोजगारका लागी सिफारिस लिन आउँने युवाको संङख्यामा कमि ल्याउने बताउनु भयो । युवा स्वरोजगारको लागी वडाले बिभिन्न योजना निर्माण गरी बैदेशिक रोजगारीमा बाहिर रहेका युवा लाई समेत गाउँ फर्काउने वातावरण तयार गर्ने वाइवाको भनाई रहेको छ ।

महिलाको लागी छुट्टै योजना निर्माण गरेर आत्मनिर्भर बनाउन प्रयत्न गर्ने बताउनु भयो । महिलाहरु चुला,चौका , घाँस दाउरामा,वनपाखामा मात्रै सिमीत नभई आत्मनिर्भरका लागी बिभिन्न योजना तयार गरी आत्मनिर्भर गराउन तयार रहेको पनि उहाँले बताउनु भयो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.