सिन्धुलीकी एकमात्र महिला वडा अध्यक्षकी उमेदवार माझी विजयी

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, ०२ जेष्ठ ।
सिन्धुलीकी एकमात्र महिला वडा अध्यक्षकी उमेदवार भद्रा माझी विजयी भएकी छिन् ।


दुधौली नगरपालिका–३ मा नेपाली कांग्रेसबाट माझी वडाध्यक्षमा निर्वाचित भएकी हुन् । माझी जिल्लाकी एकमात्र वडाध्यक्ष पदकी महिला उम्मेदवार हुन् । माझीले ८०६ मत प्राप्त गरि विजयी भएकी हुन् । उनले नेकपा एमालेका किसनलाल कुमरलाई २४९ मत अन्तरले पछि पार्दै विजयी भएकी हुन् । कुमरले ५५७ मत प्राप्त गरे । माओवादी केन्द्रका उम्मेदवारले ३४३ मत प्राप्त गरि तेस्रो भए ।


जिल्लामा ७९ वडा छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षमा माझीको विजयी सँगै ०४९, ०५४ देखि ०७४ सम्मको एमाले किल्ला भत्किएको छ । अघिल्ला तीन निर्वाचनमा वडा नं ३ मा एमालेले जित्दै आएको थियो । कांग्रेसले महिलामा माझीलाई मात्र वडाध्यक्षको उम्मेदवार बनाएको थियो ।


दुधौली नगरपाकिला वडा नं १ मा कांग्रेसका जय बहादुर पौडेल, वडा नं २ मा एमालेका रितेश राउत, हालसम्म गणना सम्पन्न वडा नं १२, १३ र १४ मा माओवाादी केन्द्रका क्रमश दिनेश भट्टराई, दिपक खड्का र भैरव पुलामी वडाध्यक्षमा निर्वाचित भएका छन् ।
नगरको मेयर गठबन्धन दलका तर्फबाट नेकपा माओवादीका दिनेश अधिकारी र उपमेयरमा नेपाली कांग्रेसका चन्द्रकिशोर थारुको अग्रता कायमै छ । नेकपा एमालेका तर्फबाट मेयरमा लक्ष्मण कार्की र उपमेयरमा बालकुृमारी अधिकारी दनुवार गठबन्धन दललाई पच्छाइ रहेका छन ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.