सिन्धुली, ०२ जेष्ठ ।
सिन्धुलीको घ्याङलेख गाँउपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । वडा नम्बर २ मा नेकपा एमालेका प्रतिक कुमार थोकर, नेपाली कांग्रेसका उत्तर कुमार वाईबा, स्वतन्त्रका विनोद कुमार खड्का र जनता समाजवादी पार्टि (जसपा) का नीर कुमार भोलनलाई पछि पार्दै नेकपा माओवादी केन्द्रका रोशन कुमार भोलनको प्यानल नै विजयी भएको हो ।
नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष पदका उमेदवार भोलनले ६ सय ३६ मत सहित विजयी हुँदा उहाँका प्रतिद्धोन्दी एमालेका उमेदवारले २ सय ९१, कांग्रेसका उमेदवारले २ सय ६, जसपाका उमेदवारले ३ र स्वतन्त्रका उमेदवारले २ सय ६९ मत प्राप्त गर्नुभएको छ । वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका महिला सदस्यले ६ सय ३१, दलित महिला सदस्यले ६ सय ३१ र खुल्ला सदस्यहरुले क्रमश ६ सय १९ र ६ सय ४ मतले विजयी भएको हो ।
पाँच वटा वडा रहेको घ्याङलेख गाँउपालिकामा ४ वटा वडामा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ भने एक वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
घ्याङलेख गाँउपालिकाका पाँच वटै वडाको मत गणना सम्पन्न हुँदा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जगत बहादुर भोलन २ हजार १ सय ३ मत पाएर विजयी हुनुभएको छ भने नेकपा एमालेका उम्मेदवार चतुरमान लोले १ हजार ३ सय ८३, स्वतन्त्र तर्फका अध्यक्ष पदका उमेदवार गणेश पुलामीले १ हजार १ सय ९४, जसपाका असोक घलानले १ सय १ र राप्रपाका रोजन कुमार बम्जनले २३ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, गाउँपालिकाका उपाध्यक्षमा माओवादी केन्द्रका शंकरमान घलान २ हजार ९ सय ८३ मत प्राप्त गरी विजयी हुँदा एमालेका प्रमिला वाईबाले १ हजार ५ सय २८, र जसपाका कुमारी वाईबाले ८७ मत प्राप्त गर्नुभएको छ ।