Views:
295
सिन्धुली, ०२ जेष्ठ ।
सिन्धुलीको घ्याङलेख गाउँपालिकामा एमालेले खाता खोलेको छ । घ्याङलेख गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेका निश्चल सुनुवारको प्यानल सिहत विजयी भएको हो ।
सुनुवार आफनो प्रतिद्धोन्दी नेकपा माओवादी केन्द्रका मान बहादुर स्याङ्तान, नेपाली कांग्रेसका सोभितमान थिङ, जनता समाजवादी पार्टि (जसपा)का आसमान मोक्तान र ताम्सालिङका मायारानी मोक्तानलाई पछि पार्दै ४ सय ८६ मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका प्रतिद्धोन्दी माअेवादी केन्द्र तर्फका उमेदवारले २ सय १, कांग्रेसका उमेदवारले ३ सय ६४, जसपाका उमेदवारले ४ र ताम्सालिङका उमेदवारले ११ मत प्राप्त गर्नुभएको छ ।
LikeShares0