Views:
74
सिन्धुली १ जेठ
सिन्धुलीको दुधौली नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । दुधौली नगरपालिका वडा नम्बर १३ मा माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षका उम्मेदवार दिपक खड्का बिजयी हुनु भएको छ ।
उहाँले नेपाली काङ्ग्रेसका उम्मेदवार बिबिसिङ तामाङ लाई ६१ मतले पछि पार्दै जित हात पार्नु भएको हो । तामाङले ८ सय ९३ मत ल्याउदा खड्काले ९ सय ५४ मत ल्याउनु भएको हो । यस्तै अर्का एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार सान्तिमान कार्की ले ४ सय ५८ मत प्राप्त गर्नुभएको छ ।
LikeShares0