जिल्लाको ७९ वडा मध्य २० वटा वडाको परिणाम सार्बजनिक

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली १ जेठ ।

जिल्लाको स्थानिततहको निर्वाचनको मत परणाम धमाधम आउन छ । हाल सम्ममा सिन्धुलीको दुधौली नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । दुधौली नगरपालिका वडा नम्बर १३ मा माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षका उम्मेदवार दिपक खड्का बिजयी हुनु भएको छ ।
उहाँले नेपाली काङ्ग्रेसका उम्मेदवार बिबिसिङ तामाङ लाई ६१ मतले पछि पार्दै जित हात पार्नु भएको हो । तामाङले ८ सय ९३ मत ल्याउदा खड्काले ९ सय ५४ मत ल्याउनु भएको हो । यस्तै अर्का एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार सान्तिमान कार्की ले ४ सय ५८ मत प्राप्त गर्नुभएको छ ।
यस्तै दुधौलि नगरपालिकाको वडा नम्बर १४ मा पनि माओवादी केन्द्र तर्फका अध्यक्ष पदका उमेदवार भैर बहादुर पुलामी बिजयी हुनुभएको छ । नेपाली काङग्रेसका उमेदवार तारा बहादुर सुनुवारलाई पछि पादैँ १ सय ६ मतको अन्तरले बिजयी हनुभएको हो ।
पुलामीले सात सय ४८ मत पाउँदा सुनुवारले ६ सय ४२ र अर्को उमेदवार नेकपा एमालेका पेम्बा तामाङले ५ सय ८७ मत ल्याउनु भएको थियो ।
यस्तै गोलन्जोर गाउँपालिकाको १ नम्बर वडामा माओवादी केन्द्रका सोम प्रसाद बराल बिजयी हुनुभएको छ । गोलन्जोर गाउँपालिकाको वडा नम्बर २ मा भने नेपाली काङग्रेसका दौलत कार्किले बाजी मारेका छन् । त्यस्तै ३ नम्बर वडामा माओबादी कुमार पोखरेल बिजयी भएका छन् ।
तिनपाटन गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका गोबिन्द बहादुर राउत बिजयी हुनुभएको छ । त्यस्तै वडा नम्बर २ मा नेपाली काङग्रेसका मुकुन्द पौडेल,वडा नम्बर १० नेपाली काङग्रेसकै पुण्यहरी पौडेल र ११ नम्बर वडा पनि काङग्रेसकै तिलकबहादुर बस्नेत बिजयी भएका छन् ।
हरिहरपुगढि गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका जित बहादुर थिङ बिजयी हुनुभएको छ । हरिहरपुरगढि २ मा नेपाली काङग्रेसका राम बहादुर श्रेष्ठ बिजयी हुनुभएको छ ।

सिन्धुलीको मरिण गाउँपालिका वडा नं. १ को वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका हिरा बहादुर गुर्मछान मगर बिजयी हुनुभएको छ । वडा नं. १ मा १ हजार १ सय ८८ मत खसेकोमा ९ सय ८७ सदर र १ सय ३१ मत बदर भएको थियो । वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका हिरा बहादुर गुर्मछान मगरले ५ सय ६, नेपाली कांग्रसका वडा अध्यक्ष पदका उमेदवार जगत बहादुर जिम्बाले २ सय ११ र नेकपा एमालेका वडा अध्यक्ष पदका उमेदवार गोपी लाल लामिछाने मगरले ३ सय ३८ मत प्राप्त गर्नुभएको छ ।
वडा अध्यक्ष हिरा बहादुर गुर्मछान मगर संगै वडा नं. १ मा खुल्ला सदस्य तारा माया ठाडा मगर, युवराज गोले, महिला सदस्य सन्तमाया वाईवा बिजेता हुनुभएको छ । वडा नं. १ मा दलित महिला सदस्यमा चेली माया कामी यसअघि नै निर्विरोध निर्वाचीत हुनुभएको थियो ।
सिन्धुलीको मरिण गाउँपालिका २ मा नेकपा माओवादी केन्द्रको प्यानल बिजय भएको छ । नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष कमल बहादुर आले मगरले ७ सय ५९ मत ल्याएर प्यानल नै बिजय भएको हो । उहाँको प्रतिद्वोन्दी नेकपा एमालेका कृष्ण बहादुर ठाडाले ६ सय १२ र नेपाली काँग्रेसका चित्र बहादुर पिठाकोटेले २ सय ६९ प्राप्त गर्नु भएको थियो । महिला सदस्य जुनिमाया योन्जनले ७५१ दलित महिला सदस्य अस्मिता गदाईली बिश्वकर्माले ७७३ खुल्ला सदस्य पदम बहादुर मगरले ७२२ र खुल्ला सदस्य बृष बहादुर मोक्तान ७०१ प्राप्त गर्नु भएको थियो ।
मरिण गाउँपालिका ३ मा नेकपा माओवादी केन्द्रबाट जीत बहादुर श्रेष्ठ(बाबुराम) को प्यानल बिजय भएको छ । श्रेष्ठले ९७१ मत ल्याएर विजय भएको हो । नेकपा एमालेका तारा बलले ५५४ नेपाली काँग्रेसका राम बहादुर वाईवा ३५९ ल्याएर पराजित हुनु भएको छ । माओवादी केन्द्रबाटै सन्चिमाया वाईवा महिला सदस्यले १०१४ दलित महिला सदस्य १००९ ,सदस्यहरु बहुतमान बलले ९६२ र ज्ञान बहादुर लो ले ९४४ मत प्राप्त गरी प्यानलनै विजय भएको हो ।
सिन्धुलीको घ्याङलेख गाउँपालिका १ मा नेकपा माओवादी केन्द्र प्यानल बिजय भएको छ । नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष सोम बहादुर भोलनले ४ सय ८९ मत ल्याएर प्यानल नै बिजय भएको हो । उहाँको प्रतिद्वोन्दी नेकपा एमालेका छबिलाल पाख्रिनले १ सय २२ नेपाली काँग्रेसका रामकाजी वाईबाले ३ सय ५९ प्राप्त गर्नु भएको थियो भने जनता समाजवादी पार्टी नेपालका तिर्थ बहादुर पाख्रिनले १७ मत प्राप्त गर्नु भएको थियो । नेकपा माओवादी केन्द्र महिला सदस्य सन्त कुमारी स्याङतानले ३ सय ७३ दलित महिला सदस्य गंगा माया कामीले ४७० खुल्ला सदस्य राम कुमार थिङले ४ सय ५७ र खुल्ला सदस्यकै तर्फ बाट ज्ञान बहादुर थिङले ३५६ मत प्राप्त गरी प्यानलनै बिजय भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ३ नेकपा एमालेको प्यानल बिजय भएको छ । नेकपा एमालेको वडा अध्यक्ष जित खड्ग प्रसाद चौलागाई ५०९ मत लयाएर प्यानल नै बिजय भएको हो । उहाँको प्रतिद्धन्दी नेपाली नेपाली काँग्रेसका ओम बहादुर कार्कीले ३ सय ५३ र नेकपा माआबादी केन्द्रका ऋषि राज सिग्देलले २ सय १८ मत प्राप्त गर्नुभएको थियो ।
सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. १ को मत गणनाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सुनकोशी गाउँपालिका १ को वडा अध्यक्ष पदमा नेकपा माओवादी र नेपाली कांग्रेसको गठबन्दन तर्फका नेपाली कांग्रेसका उमेदवार राम कुमार श्रेष्ठ बिजयी हुनु भएको छ ।
वडा अध्यक्षमा राम कुमार श्रेष्ठ संगै महिला सदस्यमा नेकपा एमालेका उमेदवार माइली मुक्तान बिजयी हुनुभएको छ । दलित महिला सदस्यमा सुभद्रा कार्की, खुल्ला सदस्यमा इन्द्र बहादुर मोक्तान र छेडुप मोक्तान नेपाली कांग्रेसका उमेदवार बिजयी हुनुभएको छ ।
फिक्कल गाउँपालिकाको वडा नम्बर १ मा माओबादी केन्द्र तर्फका वडा अध्यक्षपदका उमेदवार होम बहादुर सुनुवार बिजयी हनुभएको छ ।
सिन्धुली जिल्लाका ७९ वडा मध्ये २० वटा वडाको मत परिणाम सार्बजनिक भएको छ । अन्य वडाको मत परिणाम आउँन बाँकि रहेको छ । जिल्लामा ९ वटा पालिका रहेका छन् ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.