सिन्धुली २६ बैशाख ।
सिन्धुलीको मरिण गाउँपालिकामा संयुक्त गठबन्धनदलको वडा नम्बर ७ स्तरीय चुनावी कार्यक्रम सम्पन्न भएको छ । यहि बैशाख ३० गते हुने स्थानियतहको निर्वाचनको लागी वडा स्तरीय चुनावी कार्यक्रम वडा नम्बर ७ को छापमा आज सम्पन्न भएको हो ।
बागमती प्रदेश साँसद बद्धिमान माझिको प्रमुख आतिथ्यतामा भएको संयुक्त गठबन्धनदलको चुनावी कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सचिव कान्छामान बल,गठबन्धनदलका गाउँपालिकाका अध्यक्ष पदका उमेदवार माओवादी केन्द्र तर्फका बिमर्श मोक्तान (प्रख्यात),उपाध्यक्ष पदका उमेर नेपाली काङ्ग्रेसका बिमला माझि लगायत गठबन्धदलका नेता तथा कार्यकर्ताको सक्रिय सहभागिता रहेको संयुक्त गठबन्धनदल चुनाव प्रसार समिती मरिण गाउँपालिकाले जनाएको छ ।

चुनावी गठबन्धनलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश साँसद बद्धिमान माझिले पालिका र वडामा पनि गठबन्धनभित्रैका दलहरुलाई बिजय गराउन अनुरोध गर्नुभएको छ । उहाँले पार्टिको निर्णयलाई अस्वीकार गरेर गठबन्धन बाहेकका कुनैपनि प्रतिगमनकारी दललाई जिताउने दुश्साहस हुन्छ भने त्यो कसैलाई छुट नहुने तर्क ब्यक्त गर्नुभयो ।
मरिणले ५ बर्षमा मुहार नै फेरेको बताउँदै साँसद माझिले माआवादीको नेतृत्वले बिकासका काममा फड्को मारेको बताउनु भयो । अब माओवादीलाई हात मा हात गर्नेको लागी नेपाली काङग्रेस सहित अन्य ५ दल पनि थपिएको बताउँदै गठबन्धनलदलाई जिताउन अपिल गर्नुभयो ।

त्यस्तै नेपाली काङ्ग्रेसका जिल्ला सचिव बलले गठबन्धनदलाई जिताएर नेपाली नागरीकलाई आफ्नो अधिकारको प्रत्याभुति दिलाउनुपर्नि,मरिणबासिलाई शिर ठाडो गरेर हिड्नुपर्ने वातावरणको सिर्जना गर्नुपर्छ भन्ने आबश्यकताले दलहरुबिच गठबन्धन गरिएको बताउनु भयो । हत्या,हिंसा,लुटपाट जस्ता नेकपा एमालेको अराजकता बिरुद्धको लागी गरिएको गठबन्धन भएकाले संयुक्त गठबन्धनलाई जिताउन उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै संयुक्त चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मरिण गाउँपालिकाका अध्यक्ष पदका उमेदवार मोक्तानले समृद्ध मरिण निर्माणको लागी गठबन्धनको आबश्कता रहेको बताउनु भयो । नेपालको संबिधानलाई कुल्चन खोज्ने नेकपा एमालेको अराजकताको अन्त्य गर्नको लागी मरिणबासिले गठबन्धनलाई नै जिताउने उहाँले तर्क ब्यक्त गर्नुभयो ।