नेकपा एमाले गोलन्जोर गाउँपालिका वडा नम्बर ५ मा भब्य चुनावी आमसभा सम्पन्न

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, बैशाख ३० । आसन्न निर्वाचन २०७९ बैशाख ३० गते हुने निर्वाचनको लागी परिचालन गर्ने सचिवालय कमिटीको आयोजनामा चुनावी आमसभा सम्पन्न भएको हो ।


गोलन्जोर गाउँपालिका ५ को निर्वाचन परिचालन सचिवालय समितीका संयोजक लाल बहादुर थापाको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गणेश पहाडिको प्रमुख आतिथ्यतामा भएको चुनावी आमसभामा नेकपा एमालेका केन्द्रिय सल्लाहाकार समितीका सदस्य केशभ देबकोटा,जिल्ला कमिटी सचिव नारायण बराल,गोलन्जोर गाउँपालिकाका अध्यक्षपदका उमेदवार शकरराज बराल,उपाध्यक्ष ममता देबकोटा,५ नम्बर वडा अध्यक्ष पदका उमेदवार गोबिन्द बहादुर लुङ्गेली लगायतको उपस्थितीमा हर्षोउल्लासका साथ आमसभा सम्पन्न भएको नेकपा एमाले गोलन्जोर गाउँपालिकाका सचिव निर्मल कुमार रम्तेलले जानकारी दिनुभयो ।


आमसभालाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गणेश पहाडिले स्थानियतहको निर्वाचन स्वच्छ र सकारात्मक ढङ्गले अगाढि बढाउने बताउँदै जनताको घरघरमा गएर पार्टिको निति सिद्धान्त र कार्यक्रम,बिकास निर्माणका योजनाहरु लगायत आफ्नो प्रतिबद्धतामा लेखेका कुराहरुलाई जानकारी गराउँने बताउनु भयो । उक्त प्रतिबद्धतालाई चुनावमा निर्वाचित भए पश्चात उमेदवारहरुले पार्टिले कार्यान्वायन गर्ने तहमा पु¥याउन आग्रह गर्नुभयो । त्यस्तै पहाडिले गठबन्धनदल भन्दा नेकपा एमालेको निति,सिद्धान्त तथा कार्यक्रमहरु गहकिलो रहेको बताउँदै यसभन्दा अघि नेकपा एमाले निर्वाचित भएका वडामा पालिका र अन्य वडाभन्दा धेरै नै बिकास निर्माण भएको बताउनु भयो ।


त्यस्तै चुनावी आमसभालाई सम्बोधन गर्नुहुदै जिल्ला पार्टि सचिव नारायण बरालले गएको ५ बर्ष नेपाली काङ्ग्रेसले नेतृत्व गरिरहँदा गोलन्जोर गाउँपालिकामा बिधिथिती मिचेर काम गरेको आरोप लगाउनु भयो । नेकपा एमालेले नेतृत्व गर्ने अबसर पाउँदा बिकास निर्माणका काम सिस्टम र पद्धतिमा सन्चालन गर्ने बताउनु भयो ।


गोलन्जोर गाउँपालिकाका अध्यक्षपदका उमेदवार शंकरराज बरालले गोलन्जोर गाउँपालिकामा ५ बर्ष सम्ममा बिगारेको थिति लाई सुधार्ने बताउँदै अब नेकपा एमालेले बिजय भए पश्चात जनताको प्रभाहमा पर्ने,कृषि,शिक्षा,स्वास्थ्य,बिधुत,सकड,युवा रोजगार,महिला शसक्तिकरण तथा बालमैत्रि कुराहरु सशक्त ढङ्गले योजना भित्र राखेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भयो ।
त्यस्तै उपाध्यक्ष पदका उमेदवार देबकोटाले पालिकाभरिका महिलाहरुको समस्यालाई सम्बोधन गर्ने बताउँदै महिला सशक्तिकरण गराउने,महिलाहरुलाई उद्यमशिलतामा जोड्ने,अस्पताल,स्वास्थ्यचौकि,उपस्वास्थ्यचौकि ब्यबस्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको नेकपा एमाले गोलन्जोर गाउँपालिकाका सचिव निर्मल कुमार रम्तेलले जानकारी दिनुभयो ।
चुनावी आमसभामा ७ सय भन्दा बढिको गोलन्जोरबासिको उपस्थिती रहेको जनाइएको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.