सिन्धुली १६ बैशाख ।
जिल्ला प्रहरी कार्यलय सिन्धुलीले आगामी बैशाख ३० गते हुने स्थानियतहको निर्वाचनलाई लक्षित गरेर ३ सय ७५ जना प्रहरीको माग गरेको छ । निर्वाचनको समयमा हुने सक्ने घटनाक्रमलाई मध्यनजर गरेर प्रहरीको माग गरिएको हो ।
निर्वाचनलाई सत्य, तथ्य र निष्पक्ष ढङ्गले सम्पन्न गर्नको लागी जिल्लामा थप सुरक्षाकर्मि माग गरिएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रबक्ता मनोज लामाले बताउनु भयो ।
“अघिल्ला निर्वाचनमा भएका घटनाक्रमलाई अध्ययन गरेर जिल्लामा त्यस्ता गतिबिधिको नियन्त्रणको लागी हामीले तालुक कार्यलय सँग जिल्लामा सुरक्षाकर्मिको माग गरका होैँ । ” लामाले बताउनु भयो ।
जिल्लामा २०७४ साल भन्दा यो बर्ष मतदान स्थल बढि तोकिएको बताउँदै लामाले मतदातालाई सुरक्षित साथ निर्धक्क रुपमा मतदान गर्ने वतावरणको सिर्जना गर्नको लागी जिल्लामा भर्ना गरिएको म्यादी प्रहरी अपुग हुने लामाको भनाई रहेको छ ।
सिन्धुलीमा १ हजार २ सय २५ जना म्यादी प्रहरी भर्ना गरिएको छ । चुनाव लागे सँगै जिल्लाका बिभिन्न स्थानमा दुइपक्षिय झडप, तोडफोड, कुटपिट जस्ता घटनाहरु घट्न लागेका छन् ।
जिल्ला प्रसासन कार्यलय सिन्धुलीले सुरक्षा निकायहरुको सुरक्षाको भुमिका बाँडफाँड गरिदिएको छ । सोहि अनुसार स्थानियतहको निर्वाचनमा एकिकृत सुरक्षा योजनानै निर्माण गरेर सुरक्षा अपनाइने लामाले बताउनु भयो ।
सिन्धुलीबासीलाई निर्धक्क भएर मतदान गर्ने वातावरण निर्माण गरिने लामाको भनाइ रहेको छ ।
Menu
स्थानियतहको निर्वाचनलाई लक्षित गरेर ३ सय ७५ जना प्रहरीको माग गरेमा छौँ : प्रहरी प्रबक्ता लामा

- १६ बैशाख २०७९, शुक्रबार १८:३२
- No Comments
- मुख्य समाचार
Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email
यो पनि पढौँ
ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली
सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७
अध्यक्ष: राजन गाउँले
प्रशासन प्रमुख: विवेक आछामी
सम्पादक: राजन परियार
प्रबन्धक: दिपक सासंकर
© 2020 All rights reserved
Powered By Volenath Group Pvt. ltd.