सिन्धुली १६ बैशाख
सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीस्थित नेपाली काँग्रेसको सम्पर्क कार्यालयमा गएराति आक्रमण भएको छ । गएराति १ बजेको समयमा नेपाली काँग्रेसको सम्पर्क कार्यालयमा आक्रमण भएको हो ।
काँग्रेसका वडा सभापति तथा सत्तारुढ गठबन्धनको तर्फबाट वडा अध्यक्ष उम्मेद्वार जीतबहादुर भुजेलकाले नेकपा (एमाले)का कार्याकर्ताले कार्यलयमा आक्रमण गरेको आरोप लगाउनुभयो ।

सम्पर्क कार्यलयमा एक्कासि आक्रमण गरेको भन्दै घटनामा संलग्नलाई तत्काल कारवाही गर्न काँग्रेसले माग गरेको छ ।
जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रबक्ता मनोज लामाका अनुसार घटनाको बिषयमा सम्पुर्ण जानकारी आउन बाँकि रहेकाले कुन पक्षले आक्रमण गरेको भन्ने टुङ्गो नलागेको बताउनु भयो । लामाका अनुसार दुइपक्षिय झडप हुँदा सात जना सामान्य घाइते हुनुका साथै निर्वाचनको प्रचारमा प्रयोग गरिएका ७ वटा मोटरसाइकल सहित करिब एक दर्जन सवारी साधन तोडफोड भएको छ ।

यस्तै घटनामा संलग्न हुन सक्ने आसंकामा प्रहरीले २ जना लाई नियन्त्रणमा लिएको प्रहरी प्रबक्ता लामाले जानकरी दिनुभयो ।
आक्रमण बारे आज बिहान सत्तारुढ गठबन्धन दलबीच छलफल गरेको थियो ।

उक्त वडामा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेद्वार रितेश राउतले घटनाको विषयमा आफूलाई जानकारी नभएको तर यस बारे बुझ्ने उहाँले बताउनुभयो ।