सिन्धुली १६, बैशाख ।
सिन्धुलीको तिनपाटन गाउँपालिका १ र ५ को सिमना नक्कलेमा बागमती प्रदेश–०१–०२६ च ०४५६ नम्बरको बोलेरो दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जनाबढी घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज लामाका अनुसार दुर्घटनामा तिनपाटन गाउँपालिका ९ आम्बोटे बस्ने वर्ष ५२ का रामजी प्रसाद भण्डारी र कमलामाई नगरपालिका ७ की वर्ष ३२ की रुपा लुंगेली मगरको घटना स्थलमै मृत्यु भएको हो । एक जनाकाे पहिचान हुन बाकी छ ।
घाइतेको स्थानीय र प्रहरीले उद्धार गरेर बेलघार स्वस्थ्य चौकीमा उपचारका लागी लगीएको छ । गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि सिन्धुली अस्पताल तर्फ ल्याइदै गरिएको बताइएको छ । बोलेरोमा चालक सहित १२ जना सवार थिए । स्थानीयका अनुसार बोलेरो सिन्धुलीबाट चकमकेको वाङरिङ तर्फ जाँदै थियो ।
सिन्धुली–चकमके सडकको भित्री सडक खण्डमा खाद्यान्न तथा तरकारी बोकेको बोलेरो दुर्घटना भएको हो ।