घ्याङ्लेख गाउँपालिकाका उपाध्यक्ष पदका उम्मेदवार घलान विरुद्ध लागेको आरोप झुटो सावित

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली, १५ बैशाख ।
सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा उपाध्यक्ष पदका उम्मेदवार शंकरमान घलान विरुद्ध लागेको आरोप झुटो सावित भएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्र र नेपाली कांग्रेसको दुई दलिय गठबन्धन अन्र्तगत घ्याङ्लेख गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार घलान विरुद्ध पालिकाको पेश्की रकम फरस्र्यौट नगरेको भन्दै जुरी दर्ता भएको थियो ।
उपाध्यक्ष पदका उम्मेदवार घलान विरुद्ध परेको उजुरी माथि निर्वाचन कार्यालयले छानविन गर्दा घलान उम्मेदवारको लागि योग्य ठहरेको निर्वाचन कार्यालय बताएको छ ।
दक्षिणकाली सामुदायिक विद्युत विस्तार उपभोक्ता समितिको रकम हिनामिना गरेको भन्दै नेकपा एमाले तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार प्रमिला वाइवाले गठबन्धन तर्फका उम्मेदवार बनेका घलानको उम्मेदवारी रद्ध गरिपाउँ भन्दै उजुरी दर्ता गराएका थिए ।
घलानले आफुप्रति भएको कार्य व्यक्तिगत प्रतिसोध र पार्टिगत रुपमा व्यक्तिगत आचरणमा आच आउने कार्य भएको भन्दै दुख व्यक्त गर्नुभएको छ ।
दक्षिणकाली सामुदायिक विद्युत विस्तार उपभोक्ता समितिमा पहिले आफु सचिव रहेको र २०७८ माघ १५ गतेको साधारणसभा बाट गठन गरिएको नयाँ कार्यसमितिलाई सम्पुर्ण जिम्मेवारी बुझाई सकेको उम्मेदवार घलानले बताउनुभएको छ । आफु प्रति लागेको आरोप सबै झुटो भएको र आगामी बैशाख ३० मा हुन गईरहेको स्थानिय निर्वाचनको लागि आफु लागि पर्ने बताउनुभयो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.