सिन्धुलीमा बाल बिबाह गर्दा दुलाह पक्राउ

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली ६,बैशाख । सिन्धुलीमा बाल बिबाह गरेको भन्दै प्रहरीले दुलाहलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गोलन्जोर गाउँपालिका ६गैरीगाउँका देवलाल सार्कीका छोरा वर्ष २७ का हिराबहादुर सार्की रहेका छन् ।
सार्कीले गत आइतबार गोलन्जोर गाउँपालिका ७ डाँडाकटेरीका आइते सार्कीकी छोरी वर्ष १७ की टिकादेवी सार्कीलाई बाल बिबाह गरी घरतर्फ लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज लामाले जानकारी दिए ।
‘हिराबहादुरले ललाई फकाई बलेनि स्थित महादेव मन्दिरमा लगी बिबाह गर्दै गरेको भन्ने खबरका आधारमा गएको प्रहरीको टोलीले सोही स्थानबाट नियन्त्रणमा लिएको हो,’ उनले भने ।
हिराबहादुरलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको छ । बालिका टिकादेवी सार्कीलाई भने आफन्त्को जिम्मा लगाइएको छ । घटनामा संलग्न अन्यको समेत खोजि भईरहेको प्रहरीको भनाई छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.