सिन्धुलीमा पुल निर्माणको लागी खनेको खोलाको दहमा डुबेर १२ बर्षिय बालकको मृत्यु

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली
पुल निर्माणको लागी खनेको खोलाको दहमा डुबेर आज एक जना बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका ४ स्थित धुराबजार र ढुङ्ग्रेबास जोड्ने पक्की पुल निर्माण स्थलमा खनेको दहमा डुबेर घटनास्थमै एक बालकको मृत्यु भएको हो ।

दहमा डुबेर फिक्कल गाउँपालिका १ महादेबडाडा स्थित प्रकाश भुजेल मन्जु भुजेलको
बर्ष १२ का छोरा सृयास भुजेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ ।

मृतक भुजेल सदरमुकाम स्थित जनता आबासिय माध्यामिक बिद्यालय रातमाटामा कक्षा ४ मा अध्यनरत छात्र हुन । आज शनिबार साथिहरु संग खोलामा पौडी खेल्न गएका थिए । पौडि खेल्ने क्रममा बालक खोलाको गहिरो दहमा डुबेपछि अन्य साथिहरुले खबर गरेका थिए ।
गहिरो दहमा धेरै बेर खोजी कार्य भएपछी बालकलाइ मृत अबस्थामा स्थानियले फेला पारी बाहिर निकालेका हुन ।
यता मृतकका परिवारले भने निर्माण स्थलमा तारजाली, घेराबेरा नलाएका कारण निर्माण कम्पनीको लापरबाहीमा बालकको ज्यान गएको आरोप लगाएका छन् ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.