सिन्धुलीको दुधौलीको नगरपालिका वडा नम्बर ९ स्थित दुधौलि बजारमा रहेको कमला बहुमुखी क्याम्पसमा मन्चको शिलान्यास गरिएको छ । आज बागमती प्रदेश साँसद लेखनाथ दाहाल ‘राजन’ले आज एक औपचारिक कार्यक्रमका बिच मन्चको शिलान्यास गर्नुभएको हो ।

कमला बहुमखि क्याम्पसको अघिल्लो साधारणसभामा बागमती प्रदश साँसद लेखनाथ दाहाल ‘राजन’ले क्याम्पसलाई गरेको प्रतिबद्धता पुरा गर्नुभएको छ । क्याम्पसको प्राङ्गणमा क्याम्पसकै कार्यक्रम तथा अन्य कार्यक्रम हुने गरेको तर ब्यबस्थित मन्चको ब्यबस्था नभएको भन्दै कमला बहुमखि क्याम्पस ब्यबस्थापन समितीका अध्यक्ष मातृका भट्टराइले मन्च निर्माणको लागी आग्रह गर्नुभएको थियो ।
सोहि साधारणसभामा बागमती प्रदेश साँसद दाहालले मन्चको निर्माणको लागी बजेट छुट्याउन गरेको प्रतिद्धता पुरा गरेको स्थानिय रामशरण थापाले जानकारी दिनुभयो ।
दाहालले मन्च निर्माणको लागी प्रदेश क्षेत्र विकास बाट ७ लाख बजेट बिनियोजन गर्नुभएको छ । मन्च क्याम्पस ब्यबस्थापन समितीको मातहतमा निर्माण हुने जनाइएको छ ।
साँसद दाहालले आफुले जनतासामस गरिएको प्रतिबद्धता कुनै पनि हालतमा पुगा गर्ने बताउनु भयो । झुटा अश्वासन देखाउने आफ्नो पार्टिको सिद्धान्त भित्र नरहेको दाहालको भनाई रहेको छ ।