पोता राजिष्ट्रेशन अड्डाबाट सुरु भएको ‘लेख्य’ को १०० वर्ष पुरा

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली । शुक्रबारबाट नेपालमा पोता राजिष्ट्रेशन अड्डाबाट सुरु भएको ‘लेख्य’ प्रमाण दर्ताको १०० वर्ष पुरा भएको छ ।
नेपालमा मालपोत असुलीगर्न जग्गा जमिनलाई अचल सम्पतीको रुपमा स्वीकार गरी विस १९७९ बैशाख १ गते देखि पोता राजिष्ट्रेशन अड्डाबाट लिखत सुरु भएको हो ।


उक्त दिनको स्मरणमा शुक्रबार देशैभर मालपोत रजिष्ट्रेशन लिखत पारितको शतवार्षिकीको अयोजना समेत गरिएको छ ।
नेपालमा वैदिककालदेखिनै भुमिलाई राज्यको अधिनमा राखि भुमिको उपभोग गर्नेले राज्यलाई निश्चित कुत तिर्नु पर्ने प्रचलन थियो ।
कुनैबेला जिम्मल र मुखियाले लिखत पारित गराउने गरेको इतिहास पनि छ । माल अड्डाले कर्मचारीलाई तलव समेत खुवाउने गरेको थियो । त्यतीबेला सरकारको मुख्य आम्दानीको श्रोत यहि भुमि व्यवस्था थियो ।


नेपालमा लिच्छवीकलामा जग्गाको प्रशासन विकेन्द्रीत थियो । त्यसबेला गाउँका पाञ्चालीले जग्गाको प्रशासनको काम गर्थे । राजा जयस्थीति मल्लले जग्गाको नापजाँच गराउने र विर्ता जग्गा विक्री गर्न र वन्धक राख्न पाउने नियम बसालेको इतिहास छ । यस अघि महिषपाल तथा किराँतको शासनमा जग्गाधनी पुर्जाजस्तै ‘लेख्य’ नामको दर्ता प्रमाण पत्र दिइन्थ्यो ।
आज त्यही प्रमाण–पत्र जग्गाधनी प्रमाण पत्रका नाममा राजिष्ट्रेशन हुने गरेको मालपोत कार्यालय सिन्धुलीका प्रमुख निलराज पौडेलको भनाई छ ।
‘माल अड्डा, पोता राजिष्ट्रेशन अड्डा हुदै सुरु भएको लिखत पारित गर्ने कार्य मालपोत कार्यालय सम्म आइपुग्दा सयवर्ष भएको छ । त्यही अवसरमा देशैभर लिखत पारितको शतवार्षिकी कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने ।


वि.स १९७९ बैशाख १ गते देखि पोता राजिष्ट्रेशन अड्डाले जग्गाजमिन किनबेच हुँदा राजिष्ट्रेशन गर्नु पर्ने व्यवस्थाको सुरुवात गरेको थियो । अचल सम्पतीको किनबेच गर्दा सरकारी कार्यालयबाट प्रमाणीत नगर्दा जालसाजि हुन सक्ने भएपछि रजिष्ट्रेशन पारित गर्न ‘कुत’ (कर लिन) सुरु गरिएको थियो ।
यो व्यवस्था काठमाण्डौ, ललितपुर, भक्तपुर, पाल्पा, धनकुटा र मधेशका सबै जिल्लामा विस १०७९ बैशाख १ गतेबाट सुरु भएको मालपोत कार्यालयका वरिष्ठ नायब सुब्बा गोविन्द कोइरालाको भनाई छ । पहाडतर्फ पल्लो किराँत, तेह्रथुममा पनि सोही समयमा सुरु भएको हो । काभ्रे, दोलखा, नुवाकोट, धादिङ, स्याङ्जा, गुल्मी, डोटीमा विस १९८५बाट सुरु भएको बताइन्छ ।
‘ओखलढुंगा, इलाम, प्युठान, सल्यान, दैलेख, लगायतका जिल्लामा १९९० देखि रजिष्ट्रेशन गर्ने कानुनी व्यवस्था गरिएको थियो,’ कोइरालाले भने । पछि माल अड्डा खुलेपछि देशैभरका जिल्लामा जमिनको रजिष्ट्रेशन पारित गर्न सुरु गरिएको थियो ।
विस २००० साल कात्तिक १ गतेबाट मानु छुट्टीएको र मानु जोडिएको लिखत पनि राजिष्ट्रेशन गर्नु पर्ने बाध्यात्मक कानुनी व्यवस्था भयो । पहिले राजिष्ट्रेशन गर्दा पहडामा २५ र मधेशमा ५० देखि माथीको लिखत राजिष्ट्रेशन गर्नु पर्ने व्यवस्था भएको भुमि व्यवस्था तथा अभिलेख विभागका कानुन अधिकृत गोकुल भुजेलको भनाई छ ।
‘पछि मुलुकी (सातौं संसोधन)ऐन २०३४ लागु भएपछि जतिसुकै रुपैयाँको लिखत पनि पारित गर्नु पर्ने व्यवस्था गरिएको हो,’ उनले भने ।
मुलुकी देवानी संहिता ऐन २०७४ को परिच्छेद १४ को दफा ४६ (१) मा लिखत पारित गर्नु पर्ने कानुनी व्यवस्था भएको र कानुनी रुपमानै जग्गाको हक हस्तान्तरण औपचारीक रुपमा सूवात भएको सय वर्ष पुरा भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको भनाई छ ।
‘यो हाम्रोलागी गौरवपूर्ण इतिहास हो । यसलाई सम्मान गर्दै निजी सम्पतीको लिखत गर्नु, अभिलेखिकरणलाई व्यवस्थित गर्नु चुनौतीपूर्ण भएपनि सरकारले युग अनुसारको काम गर्दै आएको छ । यसलाई अझ व्यवस्थित गर्दै नागरीकबाट गुनासो नआउनेगरी काम गर्नसक्नुपर्छ,’ उनले भने ।
अन्य सरकारी अड्डाको तुलनामा मालपोत र नापी कार्यालयका सेवाका बारेमा नागरीकस्तरबाट धेरै गुनासा आउने गरेको बताउँदै न्यौपानेले काम गर्दा सम्बेदनशिल भएर सेवाग्राहीलाई सन्तुष्ट बनाउने गरी काम गर्न निर्देशन समेत दिए ।
सिन्धुलीमा शुक्रबार मालपोत कार्यालय र नापी कार्यालयको संयुक्त आयोजनामा शतवार्षिकी कार्यक्रमको आयोजना गरिएको हो ।
नापी कार्यालय सिन्धुलीका प्रमुख सरोज श्रेष्ठले प्रविधिको अधिकतम प्रयोग गर्दै सय वर्षको इतिहासमा लिखत पास गर्ने कार्य प्रविधियुक्त हुँदै गएको बताए ।
कार्यक्रममा सेवा आरम्भको सय वर्ष पुगेको अवसरमा शुक्रबार सिन्धुलीका दुई सेवाग्राहीलाई सम्मान गर्दै सेवाको सुरुवात समेत गरिएको थियो । मालपोत कार्यालयका पहिलो सेवा ग्राही शान्ता भुजेल र नापी कार्यालयका हेमलाल देबकोटालाई प्रमुख जिल्ला अधिकारी न्यौपानेले खादा लगाएर सम्मान गरिएको मालपोत कार्यालय सिन्धुलीका सूचना अधिकारी पुरुषोत्तम दाहालले जनाए ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.