सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ को तीन टोल बिकास समीतिको संयुक्त आयोजनामा सडकको नाला सरसफाई गरिएको छ । कमलामाई नगरपालिकाको सहयोगमा ५ नम्बर वडाको ग्वाङ खोला,मधुटार स्थित कालिमाइए मन्दिर हुँदै रानिखोलामा सम्म सडकको एकतर्फि नाला सरसरफाई सुरु गरिएको हो ।
एकिकृत महिला वातावरण टोल बिकास समिती,गौमती टोल बिकास समिती र कालीमाई मधुमार्ग टोल बिकास समितीको संयुक्त आयोजनामा नालाको सरसफाई गर्न सुरु गरिएको एकिकृत महिला वातावरण टोल बिकास समिती अध्यक्ष गिता कार्किले जानकारी दिनुभयो ।
उक्त सडक पक्कि बनेको ४ बर्ष भन्दा बढि भइसकेको छ । बर्षाको पानिले नाला पुरियर ढल बाहिर सडक,घर अगाडि निस्कन थालेर दुर्घन्ध फैलिन लागेकाले सरसफाई गरिएको एकिकृत महिला वातावरण टोल बिकास समिती सचिव मिना थापाले जानकारी दिनुभयो ।
कमलामाई नगरपालिकाको सुन्दर नगरी बनाउने अभियान लाई थप टेवा पुग्ने सचिव थापाले बताउनु भयो ।
टोल समितीले यसअघि पनि सडकमा टुइन डस्वीन राख्ने तथा ५ नम्बर वडामा २ सय भन्दा बढि स्लिकन झोला बितरण गर्ने लगायतको कार्य गदैँ आएको छ ।