सिन्धुलीका भुमिहिन मुसहरले पाए जग्गा धनी प्रमाण–पत्र

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा रहेका भुमिहिन सुकुम्बासी मुसहर समुदायले जग्गा धनी प्रमाण पत्र पाएका छन् ।
भुमिहिन तथा सुकुम्बासी समस्या समाधान आयोगको आयोजनामा भएको एक कार्यक्रमका विच स्थानीय एक सय ६ जनालाई लालपुर्जा वितरण गरिएको हो ।
भुमी ब्याबस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठले सुकुम्बासी भुमिहिनहरुलाई आइतबार एक भव्य कार्यक्रमका विच लाल पुर्जा वितरण गुर्न भएको दुधौली नगरपालिका १० का वडा अध्यक्ष दुर्गाबहादुर देबकोटाले जानकारी दिनु भयो ।

अरूको घरमा बनीबुतो गरेर खाने आफ्नो नाममा १ टुक्रा पनी जग्गा नभएका भुमिहिन गरिब सुकुम्बासी मुसहरले नेपाल मै पहिलो पटक जग्गाधनी पुर्जा प्राप्त गरेका छन ।
दुधौली नगरपालिका वडा नम्बर ९ का मुसहरलाई लालपुर्जा वितरणका लागी राष्ट्रिय भुमी आयोग सिन्धुलीका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र) का सिन्धुली अध्यक्ष रामकुमार पौडेलले संयुक्त रुपमा जग्गा धनि पुर्जा प्रदान गर्नु भएको हो ।

दुधौली नगरपालिकाका मेयर घनश्याम राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघिय सांसद गणेश कुमार पहाडी, प्रदेश सांसद राजन दाहाल, प्रदिप कुमार कटुवाल, समाजवादीका नेता तथा पूर्व सांसद गंगा प्रसाद नेपाल, भुमि आयोगका केन्द्रिय अध्यक्ष, उपाध्यक्ष लगायतका उच्च सरकारी अधिकारीको उपस्थित रहेको थियो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.