मरिण वडा नम्बर ४ स्थित ठुलिदमार र पाङ्ग्रेटार जोड्ने झोलुङ्गे पुलको उद्घाटन

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिनधुली ११ शुक्रबार । मरिण गाउँपालिका वडा नम्बर ४ स्थित ठुलिदमार र पाङ्ग्रेटार जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । आज मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले रिवन काटेर झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको हो ।


संघको ४० लाख २० हजार ७ सय २६ रुपैया,मरिण गाउँपालिकाको ५ लाख ७२ हजार ४८ रुपैया बजेट र ४९ लाख ९२ हजार ७ सय ७४ स्थानियको श्रमदान द्धारा १ सय १९ मिटर लम्बाई रहेको ठुलिदमार र पाङ्ग्रेटार जोड्ने झोलुङ्गे पुलको निर्माण गरिएको हो ।
झोलुङ्गे पुलको उद्घाटन गर्नुहुदै मरिण गाउँपालिकाका अध्यक्ष बम्जनले चुनावको समयमा जनतालाई दिएको बचन पुरा गरेको बताउनु भयो ।


असार साउनमा पाङ्ग्रेटार बाट ठुलीटार स्थित बिद्यालयमा बिद्यार्थि,स्थानियबासी लाई आवात जावतमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बताउँदै ४ नम्बर वडाका वडा अध्यक्ष धन बहादुर स्याङ्तानले अव त्यो समस्या टरेको बताउनु भयो ।

दुई गाउँलाई जोड्ने पुल निर्माण भएपछि स्थानिय बासि भने खुसि भएका छन् । बर्षो देखि खेपिरहेको संकट टरेको स्थानियले बताएका छन् ।
२०७६ साल जेठ १२ गते गते पुल निर्माणको लागी सम्झौता भएको थियो । पुल उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य संघ मरिणका अध्यक्ष चिनध्वज बम्जन,वडा अध्यक्ष धन बहादुर स्याङ्तान लगायतको उपस्थिती रहेको थियो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.