स्थानीय तहको निर्वाचनको मिति घोषणा भए संगै जनप्रतिनिधी हरु ५ बर्ष सम्म आफूले गरेको कामको समिक्षा गर्न थालेका छन् । आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि आफ्नो कार्यकालमा भएका राम्रा कामको प्रचार प्रसार गर्दै जनप्रतिनिधीहरु नागरिक समक्ष पुगी रहेका छन् । निर्वाचनको यस घडिमा सिन्धुलीको घ्याङलेख गाउँपालिका अध्यक्ष र उपाध्यक्षले प्रयोग गरि रहेको गाडी समयावधी सकिनु भन्दा पहिले नै गाउँपालिकालाई हस्तान्तरण गरेका छन् । गाउँपालिका अध्यक्ष जगत बहादुर भोलन र उपाध्यक्ष दुर्गा देवि सुनुवारले प्रयोग गर्दै आउनु भएको गाडी आज गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद कार्की लाई हस्तान्तरण गर्नुभएको हो ।
सम्भवत कार्य अवधी सकिनु भन्दा अगाडीनै पालिकाबाट प्राप्त सुविधा हस्तान्तरण गर्ने उहाँहरु पहिलो हुनुहुन्छ ।

निर्वाचनको आचार संहिता लागु नभए पनि गाउँपालिका प्रति बफादार बनेर सेवा प्रवाह गर्दै गर्दा जनता बाट प्राप्त बिश्वासलाई मध्यनजर गर्दै कार्यलय प्रयोजनको लागि दिइएको सेवा समयअवधी अगावै गाउँपालिकालाई नै फिर्ता गरिएको गाउँपालिका उपाध्यक्ष दुर्गा देवि सुनुवारले जानकारी दिनुभयो । अब हुने निर्वाचनलाई सम्बोधन गर्न, एउटा संस्कारको बिकास गराउन र सरकारी सम्पत्तीको दुरुपयोग नहोस भन्नको लागि पनि गाडी हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष जगत बहादुर भोलनले २०७४ सालबाट र उपाध्यक्ष दुर्गा देवि सुनुवारले २०७६ सालबाट गाडीको प्रयोगग गर्दै आउनुभएको थियो । आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि यही चैत १५ गतेदेखि चुनाव आचार संहिता लागू हुँदैछ ।