सिन्धुली । सेन्चुरी बैंक सिन्धुलीले रेडक्रस स्वास्थ्य सेवा कोषलाई एक लाख रूपैया सहयोग प्रदान गरेको छ। बैंकको ११ औं स्थापना दिवसको अवसर पारेर बिहिबार नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखालाई एक लाख रूपैयाको चेक हस्तान्तरण गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रेडक्रस स्वास्थ्य कोषको स्थापनाको लागि बैंकले सहयोग प्रदान गरेको बताईएको छ । रेडक्रसले सिन्धुलीमाढीमा संचालन गरेको आकस्मिक रक्त संचार केन्द्रबाट विपन्न वर्गका लागि निशुल्क ब्लड उपलब्ध गराउने उदेश्यले कोषको स्थपना गर्न बैंकले सहयोग गरेको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिनु भयो ।

रेडक्रस भवनमा आयोजित कार्यक्रममा बैकका सिन्धुली शाखा प्रबन्धक हेमहरी श्रेष्ठले चेक हस्तान्तरण गर्नु भएको हो । कोष स्थापनाका लागि बैंकले गरेको सहयोग महत्वपूर्ण भएको श्रेष्ठको भनाई छ । ूहेर्दा सानो काम जस्तो लाग्छ तर, यो महत्त्वपूर्ण छ । कोषको स्थापनाले जिल्लाका विपन्न वर्गलाई आकस्मिक बल्ड निशुल्क उपलब्ध गराउन सहयोग पुग्दछ,ू सभापति श्रेष्ठले भन्नुभयो । उहाले कोषमा अन्य सहयोगी मनहरूबाट समेत रकम संकलन गरेर एक करोड सम्म पुर्याईने बताए । यसवाट वार्षिकरूपमा आपतमा परेका र विपन्नलाई सहयोग गरिने छ । कार्यक्रममा सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन श्रेष्ठले बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य क्षेत्रमा गरेको सहयोग सह्रानिय रहेको बताउनु भयो । देशमा आर्थिम तरलता बढ्दा समस्यामा परेको बैकले पनि यस्तो सहयोग गरेर उल्लेखनीय कार्य गरेको छ । यो सुरूवात भयो यसमा हाम्रो संघले पनि आवश्यक सहयोग गर्नेछौं, उहाले भन्नू भयो ।

कार्यक्रममा बैंकका शाखा प्रबन्धक हेमहरी श्रेष्ठले बैंकिङ कारोवारका अलव सामाजिक क्षेत्रमा पनि निरन्तर सहयोग गरीरहने प्रतिबद्धता जनाउनु भयो । ूहामी यो सहयोगलाई आगामि दिनमा पनि निरन्तर सहयोग गरिरहने छौं, उहाले भन्नूभयो । कोषको कार्यविधि बनाईएको र यसलाई रेडक्रस अन्तरगत संचालन गरीने बताईएको छ । कार्यक्रममा सिन्धुली उद्योग बाणिज्य संघका महासचिव रामकुमार कर्मचार्य, कोषाध्यक्ष कुलबहादुर थापा, नेपाल पत्रकार महासंघ बागमती प्रदेका सचिव राजन गाउँले, बैंकका संस्थापक शेयरधनी गोबर्धन श्रेष्ठ, लक्ष्मी प्रधान, रेडक्रसकर्मी, संचारकर्मी लगायतको उपस्थित रहेको थियो । उक्तकोषमा आफ्नो संवरण जयन्तीको अवसर पारेर ईश्वरा सुवेदीले १० हजार र रेडक्रस सभापति श्रेष्ठले आफुले प्राप्त गरेको ५ सय रूपैयाँ पुरस्कार समेत कोषमा जम्मा गर्ने घोषणा गर्नुभयो । कार्यक्रमको संचालन रेडक्रसकर्मी पवन पाख्रिनले गर्नुभएको थियो ।