सिन्धुली २५ फागुन
सिन्धुलीमाढीमा जारी दुई दिने खाद्य तथा स्थानीय उत्पादन प्रदर्शन मेला आज सम्पन्न भएको छ । “सामाजिक न्याय र लैङ्गीक समानता, दिगो विकासको सुनिश्चितता“ भन्ने मूल नाराका साथ ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा कमलामाई नगरपालिका ६ माढिवजारमा सौगात लघु उद्यम सहकारी संस्थाको आयोजना तथा कमलामाई नगरपालिकाको प्रायोजकका दुई दिने खाद्य तथा स्थानीय उत्पादन प्रदर्शन मेला आज सम्पन्न भएको हो ।

उक्त कार्यक्रम कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्रीको प्रमुख अतिथ्यता तथा सौगात लघु उद्यम सहकारी संस्थाका अध्यक्ष विमला थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
“परम्परागत पोषिलो एवम् स्थानीय खाद्य पदार्थको प्रवर्द्धन गरौँ, असल पोषणका लागि खाने बानीमा सुधार गरौँ “ उक्त प्रदर्शनको मूल उद्धेश्य रहेको थियो । दुई दिने प्रदर्शनि कार्यक्रममा एक लाख पचहत्तर हजार बरावरको स्थानीय उत्पादन विक्रि भएको थियो ।