जिल्लास्तरीय फुटबल प्रतियोगिताको लिग चरणका खेलहरु आज बाट माढिमा सुरु,आज ४ खेल

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली ६ फागुन । जिल्लास्तरीय फुटबल प्रतियोगिताको लिग चरणका खेलहरु आज बाट सिन्धुलीमाढिमा सुरु भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा) को केन्द्रिय सहयोगमा जिल्ला फुटबल संघको आयोजनामा भएका फुटबल प्रतियोगिताको लिग चरणका खेलहरु आज बाट सुरु भएका हुन् ।
एन्फाले आयोजना गर्न राष्ट्रिय फुटबल प्रतियोगिताको खेलाडी छनोटका लागी आयोजना गरिएको जिल्ला स्तरीय फुटबल प्रतियोगितामा जिल्लाका ९ वटा समुहहरुले सहभागिता जनाएको जिल्ला भुटबल संघ सिन्धुलीका अध्यक्ष लक्षु देबकोटाले जानकारी दिनुभयो ।
लिग चरणको प्रतियोगितामा १)ब्लु अल्पाइन क्लब,कमलामाई नगरपालिका ६,२)जरायोटार युबा क्लब,तिनपाटन गाँपालिका,३ )नमुना जनउत्थान क्लब,दुधौलि नगरपालिका,४) जनसंगम युबा क्लब,कमलामाई नगरपालिका १४, ५)जन हितैसिक क्लब,मरिण गाउँपालिका, ६) बिहानी युबा क्लब, कमलामाई नगरपालिका १ , ७)सिन्धुली ६, ८)दुधौलि स्पोट्र्स क्लब,९)नभप्रतिभा युबा क्लब सहभागि भएका छन् ।
आज भएको लिग चरणको उद्घाटन खेलामा जनहितैसिक क्लब नक्कली र जनउत्थान क्लब डकाहा बिच प्रतिष्पर्धा भएको थियो । जनहितैसिक क्लब नक्कलीले जनउत्थान क्लब डकाहालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
त्यस्तै दोस्रो खेलमा जरायोटार युबा क्लब र जनसंगम युबा क्लब बिच प्रतिष्पर्धा हुँदा जनसंगम युबा क्लबले जरायोटार युबा क्लबलाई २–० ले पराजित गरेको छ ।
त्यस्तै लिग चरणको तेस्रो खेलमा बिहानि युबा क्लब र दुधौलि स्पोट्र्स क्लब बिच प्रतिष्पर्धा भएको थियो । दुधौलि स्पोट्र्स क्लब लाई बिहानि युबा क्लबले १–० गोल अन्तरले पराजित गरेको छ ।
लिग चरणको आज अन्तिम खेलमा नभप्रतिभा युबा क्लब र सिन्धुली ६ बिच प्रतिष्पर्धा चलिरहेको छ । यो समाचार तयार पार्दा समेत पहिलो आफमा १–१ गोल अन्तरमा खेल भइरहेको आयोजकले जनाएको छ ।
खेलमा क्लबहरुले १ म्याच जितको बराबर ५ हजार नगद पाउँने आयोजकले जनाएको छ । जिल्लास्तरीय फुटबल प्रतियोगिताबाट छनोट भएको समुह लाई ५० हजार नगद प्रदान गरीने अध्यक्ष देबकोटाले बताउनु भयो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.