साझेदारीमा कृषि तथा पशुपालन उद्यमशिलता कार्यक्रम फिक्कलमा सन्चालन

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली २३ माघ । आर्थिक सम्बृद्धिका लागी साझेदारी तथा साझेदारीमा कृषि तथा पशुपालन उद्यमशिलता कार्यक्रम फिक्कलमा सन्चालन भएको छ । फिक्कल गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोग र सामुहिक सरोकार समाज सिन्धुलीको समन्वयमा कार्यक्रम सन्चालन गरिएको हो ।
फिक्कल गाउँपालिकाको महिलाहरुलाई उद्यमशिलता,कृषि र पशुमा आत्मनिर्भर बनाउने उदेश्यले कार्यक्रम सन्चालन गरिएको सामुहिक सरोकार समाज सिन्धुलीका अध्यक्ष नवराज पहाडिले बताउनु भयो ।

फिक्कल गाउँपालिकाको महिलाहरुलाई उद्यमशिलता,कृषि र पशुमा आत्मनिर्भर बनाउने उदेश्यले कार्यक्रम सन्चालन गरिएको सामुहिक सरोकार समाज सिन्धुलीका अध्यक्ष नवराज पहाडिले बताउनु भयो ।
भोकलाई एक छाक भोजन भन्दा जिउने जुक्ति सिकाउने लक्ष्यको साथ कार्यक्रम सन्चालन गरिएको हो । फिक्कलका महिलाहरुको कृषि तथा पशुपालनमा क्षमता बृद्धि तथा गोठ सुधार लगायतका कार्यक्रम सन्चालन गरिने जनाइएको छ । कार्यक्रममा २५ उमेर समुह देखि ६० उमेर समुहका महिलाको सहभागिता रहने छन् । फिक्कलका १५ सय घरधुरी समेटिनेछन् । जसमा एक वडाका ३ सय जना रहेने अध्यक्ष पहाडिको भनाई रहेको छ । कार्यक्रम सन्चालनको लागी २५ जनाको दरले ६ वटा वडामा ४८ वटा समुह गठन गरीने छ ।

सोहि समुह ब्यबस्थापनको लागी ४ दिने हेफर आधारशिला तालिम हिजोबाट सुरु गरिएको जनाइएको छ । २ नम्बर वडाको पोखरी र ३ नम्बर वडाको खोलागाउँमा ४ दिने हेफर आधारशिला तालिम सन्चालान भइरहेको अध्यक्ष पहाडिले बताउनु भयो । अन्य वडामा पनि कार्यक्रम स्नचालन गरिने ।
यसअघि सोहि कार्यक्रम अन्र्तगत ३० हजार पशुलाई जुकाको औषधि खुवाइएको थियो । भोलि बाट पशुलाई पिपिआर भ्याक्सिन लगाउन सुरु गरिने पहाडिले जानकारी दिनुभयो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.