सिन्धुली ५ माघ । भुमि आयोग जिल्ला समिती सिन्धुलीको अध्यक्षमा नियुत्ति भएका राम कुमार पौँडेलले आज पदभार ग्रहण गर्नुभएको छ । अध्यक्ष पौडेलले नापि कार्यलय सिन्धुलीको तेस्रो तलामा स्थापना गरिएकोे कार्यकक्षमा पदभार ग्रहण गर्नुभएको हो ।
बागमति प्रदेशका प्रदेश सांसाद लेखनाथ दाहाल ‘राजन’को प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्रममा प्रमुख जिल्लाा अधिकारी रमेश न्यौपाने, नेपाली काङ्ग्रेसका जिल्ला सचिव कृष्ण प्रसाद दाहाल,जनता समाजबादि पार्टि सिन्धुलीका अध्यक्ष बृहत स्याङ्तान लगायतको उपस्थिती रहेको थियो ।
भुमि आयोग अन्र्तगत कानुन बमोजिम भुमिहिनहरुलाई जग्गााको लालपुर्जा बितरण गर्ने उदेश्यले नेपालको २८ जिल्लामा भुमि आयोगको कार्यसमिती गठन गरीएको छ ।
भुमि आयोग जिल्ला समिती सिन्धुलीका नवनियुत्त पौँडेलले जिल्लामा बास्तबिक भुमिहिनको पहिचान गरी लालपुर्जा बितरण गर्ने काम तिब्र रुपमा अघि बढाउने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश सांसद दाहालले कार्यकालको समय बिताउन मात्रै हैन भुमि आयोगले बास्तबिक भुमिका निर्बाह गर्नुपर्ने बताउनु भयो । जिल्लामा भुमिहिन भन्दा पनि अब्यबस्थित बसोबास बढि रहेको बताउँदै भिमान देखि दुधौलि सम्म ३० हजार भन्दा बाढि लालपुर्जा बिहिन मानिसहरु बसोबास गरिरहेको दाहालको भनाई रहेको छ ।
भुमि आयोगले छानबिन गरी बास्तबिक भुमिहिन ब्यक्ति पहिचान गरी लालपुर्जा बितरण गर्ने पनि अनुरोध गर्नुभयो । सो समितले भुमिहिनलाई लालपुर्जा बितरण गरेमा राजस्व पनि बृद्धि हुने जसले गर्दा सरकारलाई फाइदा हुने पनि उहाँको तर्क रहेको छ । त्यस्तै उहाँले क्षेत्राधिकार भित्र रहेर कार्यसम्पादन गरेर बिवादित नहुने स्पस्ट पादैँ प्रदेश सरकार र आफ्नो तर्फबाट पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
त्यस्तै कार्यक्रममा बोलनुहुँदै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले नेपाल सरकारले धेरै समय अघि बाट भुमिहिन भएर बसेका जनताको प्राथमिकताको लागी आयोग गठन गरिनु उचित रहेको बताउनु भयो । त्यस्तै उहाँले सिन्धुली जिल्लको हकमा अनुभबि ब्यक्ति चुनिएर पठाएको भन्दै खुसि ब्यक्त गर्नुभयो ।
न्यौपानेले उक्त कार्यसमितीले महत्वपुर्ण कार्य सम्पादन गरेर देखानुपर्ने बताउनु भयो । यो चुनौति र अवसरको समय रहेकाले हजारौँ भुमिहिनलाई न्याय दिने अबसर रहेको पनि उहाँको भनाई रहेको छ । जसका लागी कार्यसम्पादनमा आबश्यक परेको शान्ति सुरक्षा लगायत आबश्यक सहयोग गरिने न्यौपानेले बताउनु भयो ।
त्यस्तै नेपालि काङ्ग्रेसका जिल्ला सचिव कृष्ण प्रसाद दाहालले जिल्लामा सुकुम्बासि आयोग पटक पटक बने तर अग्रणी भुमिका निर्बाह नगर्दा लालपुर्जा बितरण गर्न नसकिएको गुनासो गर्नुभयो । अबको नयाँ कार्यसमितीले भुमिहिन भएर बस्नुपरेको अबस्थालाई सुल्झाउँदै नमुना काम गरेर देखाउन आग्रह गनुएभयो ।
सिन्धुली कोहि पनि भुमिहिन नभएको जिल्लाको रुपमा चिनाउन नयाँ कार्यसमितीले काम गर्न पनि उहाँले बिश्वास ब्यक्त गर्नुभयो ।