माओबादि केन्द्रको पार्टि भवन निर्माणको काम ८० प्रतिशत सम्पन्न, फागुन भित्रमा प्रचण्डद्धारा उद्घाटन गरिने ।

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली ४ माघ । नेपाल कम्युनिष्ट पार्टि माओबादि केन्द्र सिन्धुलीको पार्टि भवन निर्माणको काम ८० प्रतिशत भन्दा बढि सकिएको छ । माओबादि केन्द्र सिनधुलीका इन्चार्ज लेखनाथ दाहाल(राजन)ले पार्टि भवन निर्माणको काम ८० प्रतिशत भन्दा बढि सकिएको जानकारी दिनुभयो ।
फागुनको तेसा्रे हप्तासम्म निर्माण कार्य समपन्न गरेर फागुन भित्रमा उद्घाटन गरिने दाहालको भनाई रहेको छ । पार्टि कार्यलय माओबादि केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड) ले गर्नुहुने पनि उहाँले बताउनु भयो ।


पार्टी कार्यलयको भवन निर्माणको लागि कमलामाई नगरपालिका –०६ स्थित २ नम्बर बजार भगवति बोर्डिङ अगाडिको १२ धुर जग्गा असार १२ गते बैना गरिएको थियो । १२ धुर जग्गा ७१ लाख ५० हजार रुपैयाँमा खरिद गरिएको हो। साउन १ गतेबाट पार्टी कार्यलयको भवन निर्माण कार्य अगाडि बडाइएको थियो ।
पार्टी कार्यलयको भवन साढे तीन तलाको निर्माण गरिएको इन्चार्ज दाहालले बताउनु भयो । जसमा पहिलो तलामा मिटिङहल रहने, दोस्रो तला रोडसँग जोडिने भएकाले व्यवसायिक हिसाबले सटरहरु राखिने, (५ वटा सटर रहेको छ । त्यसबाट आर्थिक आम्दानि लिने ) तेस्रो तलामा पार्टी कार्यलय र माओबादि केन्द्र निकट शिक्षक कार्यलय राखिने र अन्तिम तलामा खाने बस्ने व्यवस्था गरिने अध्यक्ष दाहालले बताउनु भयो । जम्मा साढे तिन तलामा १३ वटा कोठा निर्माण भएको छ ।


भवन निर्माणको लागि माओवादी पार्टी प्रति आस्था र विश्वास भएका व्यक्ति कार्यकर्ताहरुबाट नै आर्थिक संकलन गरिएको छ । राज्यको बजेट बिनियोजन गरेर पार्टि कार्यलय निर्माण गर्दा बढि नै दुरुपयोग तथा अनियमितता हुने देखियो । बिकासको बजेट मार्फत पार्टिको भवन निर्माण गर्नु एक किसीमको भष्ट्रचार भएकाले आफ्नो कार्यलय आफैले निर्माण गर्न लागिएको दाहालको भनाई छ । पार्टि चलाउने माध्यमको रुपमा पार्टि कार्यलय निर्माणको लागी बजेट बिनियोजन गर्ने गरिएको उहाँको तर्क छ । निर्बाचित क्षेत्र बिकास कोषको बजेट भौतिक पुर्बाधार जनताको काम गर्नेको लागी दिइएको बजेट हो त्यसैले एउटा समुहको प्रयोजनको लागी खर्चे गरिनु उचित नभएको दाहालले बताउनु भयो । यो सम्बन्धित निकायको लागी सिकाईको पाठ पनि भएको छ ।
पार्टि कार्यलय निर्माण सम्पन्न गर्नको लागी २ करोड ५० लाखको खर्चे हुने अनुमान गरिको माओबादि केन्द्रका नेता गणेष नेपालीले बताउनु भयो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.