समाजसेवि तथा समामाजिक अभियान्ता उज्वल बिक्रम थापालाई फोनिज सिन्धुलीद्धारा अभिनन्दन

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली २ माघ । समाजसेवि तथा समामाजिक अभियान्ता उज्वल बिक्रम थापालाई फोनिज सिन्धुलीले अभिनन्दन गरेको छ । नेपाल आदिबासि जनजाति पत्रकार महासंघ सिन्धुलीको आयोजनामा सिन्धुलीमाढिमा आज एक औपचारिक कार्यक्रमका बिच समाजेवि तथा सामाजिक अभियान्ता थापालाई अभिनन्दन गरीएको हो ।
समाजसेवि तथा समामाजिक अभियान्ता उज्वल बिक्रम थापा तेजाव आक्रमण,जलन,गरिब, असहाय बृद्ध,बृद्धा तथा भुकम्पपिडि सहितको उद्धारको लागी सक्रिय भुमिकामा हुनुहुन्छ ।
सिन्धुलीका स्थानिय थापा नेपालभरीे तेजाव आक्रमण तथा जलन पिडितको सेवामा मुख्य सक्रियता जनाउनु भएको छ । थापाको बिशेष पहलमा २०१८ सालमा प्रस्ताव भएको ऐन २०७८ सालमा संसोधित भएको छ । उहाँले सरकारलाई तेजाव लगायत जलन पिडिहरुको निशुल्क उपचार,न्याय तथा रोजगारीको लागी बाध्य बनाउनु भएको छ । नेपाल सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन ऐन“२०७८” लाई संसद बाट गरिदिएको छ । सोहि सामाजिक कार्यको प्रसंसा गदैँ अझ हौसल्ला बढाउने हेतुले थापालाई अभिनन्दन गरिएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै समाजसेवि तथा सामाजिक अभियान्ता थापाले भन्नुभयो “यदि आफ्नो चोट अनुभव गछौँ भने हामि जिउँदो छौँ र यदि अर्कोको चोट अनुभव गरिन्छौँ भने हामि मनुष्य हौँ ।”
थापाकै पहलमा सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा १ बर्षदेखि १८ बर्षसम्मका बालबालिकाहरुलाई निशुल्क उपचार गरिन्छ । सो अस्पतालमा थापाले फण्ड स्थापना गर्नुभएको छ । सोहि फण्ड बाट १८ बर्ष भन्दा मुनिका बालबालिकालाई निशुल्क उपचार गर्ने लागिएको हो ।
आर्थिक अबस्था न्युन भएर अकालमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई मध्यनजर गदेैँ आफुले सो अभियान थालिएको उहाँ बताउनु हन्छ । साथै थापाले अब १८ बर्ष भन्दा मुनिका बालबालिकाको उपचारको लागी सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गर्न लैजान अनुरोध गर्नुभएको छ ।
थापाले तेजाव बाहेक अन्य चिजबाट जलन भएकाहरुलाई सरकारले सुबिधा नदिएकाले उक्त अभियान सम्पन्न नहुने बताउनु भयो । जुन दिन तेजाब बाहेकका चिजले जलन भएकाहरुको लागी सरकाले निशुल्क सुबिधा प्रदान गरिदैन त्यो दिन सम्म आफ्नो अभियान जारी राख्ने उहाँको अडान रहेको छ ।


नेपाल आदिबासि जनजाति पत्रकार महासंघका संघिय अध्यक्ष दण्ड गुरुङको प्रमुख आतिथ्यता तथा फोनिज सिन्धुलीका अध्यक्ष रोहित गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार माहासंघ बागमति प्रदेशका सचिव राजन गाउँले,आदिबासि जनजाति महासंघ सिन्धुलीका सचिव इन्द्र भुजेल,पत्रकार महासंघ सिन्धुलीका कोषाध्यक्ष अनिल भण्डारी,फोनिज सिन्धुलीका निबर्तमान अध्यक्षद नबिन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.