कमलामाई उत्पतिको बिस्तृत,बिश्वसुचिमा रहेको कमला अन्र्तरध्यान भएको उद्मग स्थलको संरक्षणको गर्न अध्यक्ष श्रेष्ठको माग ।

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली २ माघ । कमलामाई मन्दिर उत्पति भएको सिन्धुलीको कमलामाई नगरपालिका ८ माईखोला गाउँ हो । सिन्धुली सदरमुकाम बाट १४.५ किलोमिटर पश्चिमतर्फमा कमलामाई मन्दिर उत्पति भएको उद्गम स्थल हो ।
कमलामाई मन्दिर उत्पति भएको ठ्याक्कै मिती नै पत्ता नलागेपनि परापुर्बकाल बाटै कमलामाई मन्दिरको स्थापना भएको इतिहासमा रहेको कमलामाई मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष चित्रनारायण श्रेष्ठ बताउनु हुन्छ ।


श्रेष्ठले भन्नुभयो “ किमदन्ती अनुसार परापुर्बकालमा गंगा र कमला दिदिबहिनी हिड्दै डुल्दै माईखोला मन्दिरमा आइपुगेछन् । त्यहाँ ब्राम्हणका दम्पती तिल खेति गरेर बसेका थिए । कमला हिड्ने क्रममा तिलको बोट कान्छि औँलामा अड्केर एउटा बोट उखेलियो । तिल पुजापाठमा चडाउने पबित्र बस्तु भएकाले तिलको बोट उखेलिएपछि कमलाले दिदि गंगा संग आफुले तिलको बोट उखेलेर गरेको पापको क्षमा कसरी हुन्छ भनि सोद्छन् । दिदि गंगाले कमलाले गरेको पापको माफिको लागी ब्राम्हणको घरमा कमारी रुपमा बस्नुपर्छ भन्नुभयो । दिदि गंगाले ब्राम्हणको दम्पतिलाई मेरो बहिनि तपाईको घरमा तपाईहरुको सेवा गरेर बस्छिन् भनेर कारण नबताई कमलालाई त्यही छोडेर फर्किनुहुन्छ । केहि समय पछि ब्राम्हणको दम्पति कमलालाई घर जिम्मा लगाएर एकदिन काँसी जाने भनेर हिड्न लाग्दा कमलाले दिदि गंगालाई के पठाइदिउँ भनेर सोच्दा बिहानि पख चामल केलाउँदै गरेकाले चामलको कनिका टालोमा पोका पारेर गंगामा लगेर चढाइदिन अनुरोध गर्नुहुन्छ । गंगाजि मा पुगेर बृद्ध,बृद्धाले स्नान गरे । ब्राम्हणका दम्पतिले कमलाले गंगा जि मा चढाउनु भनेको चामलको कनिका चढाउन बिर्सिए । स्नान गरेर घर फर्किदा बाटोमा बाँस बस्दा फेरी गंगाकै किनारमा पुग्छन् । बारम्बार घर आउँन खोज्दा गंगाकै किनारमा पुगेपछि दुई दम्पतिले हामिले केहि बिराएर पो एस्तो भएको हो कि भनेर डोको खनाएर हेर्दा कनिकाको पोको खस्यो । कमलाले पठाएको कनिका हामिले गंगामा चढाउन पो छुटेर हो कि भनेर दम्पतिले कनिका गंगामा चढाउँदै हामिलाई घर जाने बाटो देखाइदिनु भन्दा गंगाको नदिबाट गंगा जि साक्षत प्रकट भई हात थाप्नुभयो । त्यो देखेर ब्राम्हणका दम्पति पनि चकित भए । गंगा जि ले आफुले बहिनी कमलालाई त्यहाँ सेवा गर्ने राख्नुको कारण बताउँदै पाप मक्षको लागी राखिएको बताउनु भयो । गंगाले अब बहिनी कमलाको पाप मक्ष भएकाले घर गएर आजात गर्दिनुहुन अनुरोध गर्नुभयो । त्यति सुनेपछि ब्राम्हणका दम्पति घर आएर आफुहरुले गरेको गल्तिको माफि माग्दै पाउँमा पर्छन । दम्पतिले भगवानलाई कमारीको रुपमा राखेको प्रति पछुताएर पाउँमा परेपछि त्यस बखत कमला साँझमा गाग्रिमा पानि लिएर घरभित्र छिर्न लाग्नुभएको हुन्छ । कमलाले ब्राम्हणको दम्पतिलाई नआत्तिनु म तपाईहरुलाई पनि लिएर जान्छु भन्दै पानि ढोकामै ढलाएर त्यहि ठाउँमा अन्र्तरध्यान हुनुभएको ठाउँ हो यो ।”कमलाको शिरमा तामाको गा्रग्री बाटै पानि निस्किएको पुर्खाहरुले बताएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । बि सं १९९० सालको भुकम्पमा चुरे भत्किएर आएर उक्त ठाउँ पुरिएको पनि उहाँले बताउनु भयो । साथै उहाँले हाल सम्म पनि उक्त बस्तिमा तिलको खेति गरिदैन ।


हाल पनि उक्त स्थानमा १०० मिटर वरपर जसरी गाग्रीबाट पानि खनाउँदा छताछुल्ल हुन्छ त्यस्तै देखिन्छ । त्यतिबेला बाटै कमलाको पुजा आज गर्ने गरीएको थियो ।
अध्यक्ष श्रेष्ठका अनुसार श्री ३ विरशमशेरको पालामा कर्नेल फौदसिहले बि सँ १९६४ मा कमलामाई नगरपालिका ८ माइस्थानमा कमलामाई मन्दिर स्थापाना गरेका थिए । फौदसिहका छोरा किर्तीमान कर्नेलले बि सं १९७४ मा माइृखोला आवात जावातमा समस्या भएकाले मन्दिर निर्माण गरिएको किमदन्ती रहेको भनाइृ रहेको छ ।
२०७६ साल बडा दशैको फुलपातिको दिन हात्ति आएर कमलामा स्नान गरेर फर्किएको पनि श्रेष्ठको भनाई रहेको छ । कमलाको उद्गम स्थानामा माघ १ गते नै माघि मेला लाग्ने मिती र उदेश्य थाहा नभएपनि परापुर्बकाल बाटै मेला लाग्दै आएको उहाँको तर्क छ ।
तर कमलामाईको उद्गम स्थल माईखोलामा रहेको छ भनेर आज सम्म पनि ८० प्रतिशत मानिसलाई थाहा छैन । सो मन्दिरको ब्यबस्थापनि समिती गठन भएको पनि बर्खरै १ बर्ष भयो । स्थानिय सरकार,संघ र प्रदेशले लाथालिङ्ग अबस्थाको मनिदरको संरक्षणको बजेट छुट्याउने क्रममा जहिले हिचकिचाउने गरेको श्रेष्ठको भनाई रहेको छ ।

ओझेलमा परेको कमला अन्र्तरध्यान हुनुभएको मन्दिरको ब्यबस्थापनको लागी ब्यबस्थापन समिती गठन नभएपनि अध्यक्ष श्रेष्ठले संघ,प्रदेश र स्थानियतह संग हारगुहार गरिरहनु भयो ।
स्थानिय सरकार गठन हुनुभन्दा पहिले नै परिषदमा बसेका सम्पुर्ण नेतालाई संरक्षणको लागी माग गर्दा पनि हाल सम्म नि उक्त क्षेत्रमा दरिलो संरक्षण हुन सकेको छैन ।
श्रेष्ठले भन्नुभयो“भगवान् एउटै हो माइस्थानमा रहेको मन्दिरलाई पछाडि राखेर यता माथिको मन्दिरलाई अगाडि बढाउनु पर्छ भन्ने होइन तर कमलाको उत्पति भएको उद्गम स्थलको संरक्षण गरेर राख्ने उदेश्य सरकारले लिनुपर्छ ”
हाल सम्म पनि उक्त स्थानमा स्थाई सडकको ब्यबस्थापन नहुनु,सञ्चारको कमि हुनु सरकारको ठुलो कमजोरी रहको स्थानियको भनाई छ ।
उक्त स्थानमा मन्दिर निर्माणको लागि कमलामाई नगरपालिकाले पहिलो बर्षमा २ लाख र दोसा्रे बर्षमा ३ लाख बजेट बिनियोजन गरेको थियो । अन्यमा कामका स्थानिय सरकाले मनलाग्दी बजेट बिनियोजन गरेपनि उक्त मन्दिर ब्यबस्थापनको लागी हिचकिचाएको स्थानियको गुनासो छ । प्रदेश सरकारले मन्दिर ब्यबस्थापनको लागी ५० लाख बजेट बिनियोजन गरेको छ । तर कमलामाई नगरपालिकाका नगर प्रमुख खत्रिले जस्केलाबाट बजेट ल्याएको भन्दै शिलान्यासमा नआएको श्रेष्ठले बताउनु भयो ।
प्रदेश सरकारको १० लाख सहयोगमा मन्दिर अगाडि पार्क निर्मााण भएको छ । बिश्व सुचिमा परेको मन्दिरलाई पर्यटन क्षेत्रको रुपमा बिकास गर्नेको लागी श्रेष्ठले स्थानिय बासि, स्थानिय सरकार,प्रदेश र संघ सँग अनुरोध गर्नुभएको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.