सिट्रस ग्रिनिङ रोग सम्बन्धमा सरोकारवाहरु सँग जिलास्तरीय गोष्ठि

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली २७ पुस । ्बिषादी न्यनिकरण तथा सिट्रस ग्रिनिङ रोग सम्बन्धमा सरोकारवाहरु सँग जिलास्तरीय गोष्ठि कार्यक्रम आज सिन्धुलीमाढीमा समपन्न भएको छ ।
जिल्ला समन्वय समिती सिन्धुलीका सम्योजक शंकरराज बर्मा तिवारीको अध्यक्षतामा भएको गोष्ठिमा जुनार बिषेशज्ञ भैरबराज कैनि,बरिष्ठबालि संरक्षण अधिकृत मेघनाथ तिमल्सिना,बागमति प्रदेश सभा सदस्य प्रदिप कटुवाल,बिनोद खड्का कृषिज्ञान केन्द्र सिन्धुलीका प्रमुख सुजन हुमागाई लगायत सिन्धुली तथा रामेछापका जुनारका कृषकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बरिष्ठ बालि संरक्षण अधिकृत मेघनाथ तिमल्सिनाले जुनारको बगैचामा लागेको सिट्रस ग्रिनिङ रोग २०४० सालमा सिन्धुलीको खुर्कोट क्षेत्रमा देखा परेको बताउनु भयो । उहाँले यो रोग जुनारको नर्सरीबाटै लाग्न सक्ने बताउनु भयो । जिल्लाामा जुनारको बिरुवा बाह्य जिल्लाबाट ल्याइएको र बिरुवामै सो रोग भित्रिएको बताउनु भयो । त्यस्तै उहाँले जुनारमा सिट्रस ग्रिनिङ रोग संघ,प्रदेश र स्थानिय सरकारको समन्वयमा मात्रै नियन्त्रण सम्भब भएको भन्दै सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउनु भयो ।
त्यस्तै जुनार बिषेषज्ञ भैरबराज कैनिले जुनारको प्रमुख चुनौति तथा अन्य बिषयमाथि माथि प्रकास पार्नुभयो । उहाँले कलमि बिरुवा उत्पादन तथा बितरण,जरा तथा फेद कुहिने रोग,उत्पादित फलको बजारीकरण,जुनार पलको औँसा तथा ग्रिनिस रोग जुनारको प्रमुख चुनौति रहेको कैनिले बताउनु भयो ।
कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख सुजन हुमागाईले सिन्धुलीमा पहिलेनै देखा परेको रोग पुन जुनारमा देखा परेकोब ताउनु भयो । हुमागाई सिट्रस ग्रिनिङ रोग लागेपछि जुनारमा देखिने लक्षण र नियन्त्रणको बिषयमा स्पष्ट पार्नुभयो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.