माथिल्लो बारामा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु,२ घाइते

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली २७ पुस । गय राति (सोमबार राति) २ बजे बिपि राजमार्ग अन्र्तगत सिन्धुलीको गोलन्जोर ६ माथिल्लो बामामा पिकअप पल्टिदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुई जना घाइते भएको जिल्ला ट्राफिक कार्यलय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रिले जानकारी दिनुभयो ।
क्षेत्रिका अनुसार लाहान बाट काठमान्डौँ जादै गरेको पिकअप गाडि पल्टिदा गाडिमा सवार सिराहा जिल्ला गढिमाई नगरपालिका ९ जिरो माइल जयपुरका २५ बर्षिय किसान कुमार शाहको मृत्यु भएको हो । शाहलाई सोहि गाडिले सडकको भित्तामा च्यापिएर मृत्यु भएको जनाइएको छ ।
त्यस्तै गाडि चालक सिराहा जिल्लाकै सन्तोष कुमार शाहको छातिमा भित्रि चोट लागेको र अर्काे एक जना गाडिमा सवार सिराहा जिल्लाकै पबन महराको बाँया खुट्टामा चोट लागको क्षेत्रिले जानकारी दिनुभयो ।
घाइते दुबैको शुभ जिवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।
लाहान बाट काठमान्डौँ तरकारी लोड गरेर लैजादै गरेको प्रदेश ३–०१०२४च ४२७६ नम्बरको पिकअप गाडि आफै अनियन्त्रित भई सडकको भित्तामा पल्टिएको थियो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.