एमाले सिन्धुली जिल्ला अधिवेशन : सचिवमा बराल निर्विरोध

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीको को ७ औं जिल्ला सम्मेलनबाट जिल्ला सचिव पदमा नारायण बराल निर्विरोध चयन हुनु भएको छ । शनिवार भएको निर्वाचन प्रकृयामा एकल उमेदवारी परेपछि बराल निर्विरोध निर्वाचित हुन भएको हो । बराल कानुन व्यवसायी समेत हुनुहुन्छ ।
यस्तै अधिवेशनमा १७ जना खुल्ला महिला सदस्यहरु समेत निविरोध निर्वाचित हुनु भएको बताइएको नेकपा एमाले जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत पूरुषोत्तम दाहालले जानकारी दिनुभयो ।
अधिवेशनमा उमेदवारी दर्ता सकिएको छ । प्रारम्भीक जानकारी अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव १, उप सचिव २ जना सहित १ सय ५ जना जिल्ला कमिटिका लागि १ सय ४८ जनाको उमेदवारी परेको छ ।
जस मध्ये अध्यक्ष पदका लागि दुई जनाको उमदवारी दर्ता भएको निर्वाचन अधिकृत दाहालको भनाई छ ।
अध्यक्ष पदका लागि प्रदिप कुमार कटुवाल र कुमार बहादुर कार्कीको उमेदवारी परेको छ । कटुवाल निवर्तमान जिल्ला अध्यक्ष तथा बागमति प्रदेश सभाका सदस्य हुन ।
यस्तै उपाध्यक्षमा विनोद कुमार खड्का, जगदिश्वर तोलाङ्गी र कर्णबहादुर घिसिङको उमेदवारी दर्ता भएको छ ।
सचिवमा बराल निर्विरोध हुनुभएको छ भने दुई उपसचिवमा चार जनाको उमेदवारी परेको छ । खड्गबहादुर रजन, मन्जु देवकोटा, नवराज थिङ र रस्मीला देबकोटाकाले उपसचिवमा आफ्नो उमेदवारी दिनु भएको हो ।
खुल्ला सदस्य ३३ जनाका लागि ५३ जनाको उमेदवारी परेको छ । ‘१९ जना महिला सदस्यका लागि १७ जनाको मात्र उमेदवारी परेपछि उहाँहरु सबै निर्विरोध निर्वाचित हुनु भएको छ,’ दाहालले भन्नु भयो ।
अधिवेशनमा अहिले उमेदवारको नाम संसोधन, फिर्ता तथा दावि विरोधको गर्ने काम भईरहेको छ ।
जिल्ला अधिवेशनबाट नेतृत्व छनोटका लागि सर्वसम्मत गराउने प्रयास जारी रहेको बताइएको छ ।
सर्वसम्मत नभए केही समयपछि निर्वाचनका लागि मतदान प्रकृया थालिने तयारी भएको समेत निर्वाचन अधिृत दाहालको भनाई छ ।
शुक्रबारबाट सुरु भएको अधिवेशनका लागि ९ सय १५ जना प्रतिनिधि सहभागी भएका छन् ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.