ऐतिहासिक सिन्धुलीगढीमा पर्यटकको घुइचो

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली । ऐतिहासिक तथा पर्यटकीय स्थल सिन्धुलीगढी घुम्न आउने आन्तरीक तथा बाह्य पर्यटकहरुको संख्यामा ह्वात्तै बढेको छ ।
सिन्धुलीगढीमा नेपाल–अंग्रेज युद्ध पछि नेपालमै पहिलो युद्ध सङ्ग्रहालय निर्माण गरिएपछि छिमेकी मुलुक भारत तथा तेस्रो मुलकबाट समेत पर्यटकहरु सिन्धुलीगढी अवलोकनका लागि आउन थालेका हुन् ।
सिन्धुलीगढी १८२४ मा नेपाललाई उपनिवेश बनाउँन आएका व्रिटिस अंग्रेजहरुसंग भएको युद्धमा गोर्खालीहरुले विजय प्राप्त गरेका युद्धस्थल हो ।
कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्गबहादुर खत्रीका अनुसार हिजो आज दैनिक एक हजारबढी आन्तरीक तथा बाह्य पर्यटकहरुले सिन्धुलीगढी, युद्ध संग्रहालय तथा त्यहाँबाट देखिने सुन्दर दृष्यपान गर्ने गरेका छन् ।
‘अंग्रेजी नयाँ वर्षको दिन शनिबार मात्र सिन्धुलीगढीमा भारतीय पर्यटक सहित एक हजारबढीले अवलोक भ्रमण गरेका छन् । यो हालसम्मकै सबै भन्दा धेरै पर्यटक एकै दिन सिन्धुलीगढी पुगेको रेकर्ड हो,’ खत्रीले भन्नुभयो ।

नगर पालिकाले प्राथमिकतामा राखेर सिन्धुलीगढीको पुनर्निर्माणमा थालेसंगै पछिल्लो छ महिना यता अमेरीका, बेलायत, श्रीलंका, अष्ट्रेलिया, जापान, पाकिस्तान भारत लगायतका देशका नागरिकहरुले सिन्धुलीगढीको अवलोकन गर्न थालेका छन् ।
विसं १८२४ मा नेपाललाई उपनिवेश बनाउँन आएका व्रिटिस अंग्रेजहरुसंग भएको युद्ध र युद्ध स्थलका बारेमा चासो राख्दै पाकिस्तानका जल, थल र वायु सेनाका प्रमुखले समेत केही महिना अघिमात्र सिन्धुलीगढीको अवलोकन गरेका छन् ।
नगर प्रमुख खत्रीका अनुसार अंग्रेजी नयाँ वर्ष सन् २०२२ मनाउन तथा अवलोकन भ्रमणका लागि आउने आन्तरीक तथा बाह्य पर्यटकहरुबाट शनिबार एकै दिन एक लाख १२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
सिन्धुलीगढीको अवलोकनका लागि नेपालको राजधानी काठमाण्डौं, रामेछाप, दोलखा, काभ्रेका साथै पूर्वी नेपाल र मध्ये तराईका जिल्लाबाट हजारौं पर्यटकहरु आइपुग्ने गरेका छन् ।
नेपाली सेनाको करिब ८ करोड रुपैयाँको लागत सहयोगमा गत साउनमा युद्ध संग्रहालय निर्माण सम्पन्न गरेपछि सिन्धुलीगढी अवलोकनका लागि आउने पर्यटकहरुको संख्यामा बृद्धि भएको हो । संग्रहालयमा तोप, घरेलु हातहतियार लगायतका युद्ध सामाग्री तथा युद्ध वृत्त चित्र प्रदर्शनीमा राखिएको छ । उक्त संग्रहालय राष्ट्रपती विद्यादेवी भण्डारीबाट समुदघाटन गरिएको थियो ।

सिन्धुलीगढी भ्रमणमा आउनेहरुले सिन्धुलीगढी युद्ध संग्रहालय, रानिदरबार, ठुदो दरबार, गणेश हिमाल, तराईका फाँटहरुका साथै महाभारत क्षेत्रमा पाईने लोपउन्मुख प्राकृतिक जडीबुटीहरुको अवलोकन गर्न सक्ने सिन्धलीगढीका ज्ञाता तथा कमलामाई नगरपालिकाका अधिकृत सागर कुमार ढकाल बताउँछन् ।
सिन्धुलीगढी पर्यटन वर्ष २०२० कालागि सरकारले घोषणा गरेका उत्कृष्ठ एक सय पर्यटकीय गन्तव्य स्थलमध्येएको एक स्थल हो । यहाँ अहिले हरेक महिना कम्तीमा १५ हजारबढी पर्यटकहरु आउने गरेका छन् । ‘हामीले ऐतिहासिक सम्पदाको संरक्षण, पुनर्निर्माण तथा प्रचार प्रसारलाई जोड दिँदै सिन्धुलीगढीलाई नेपालकै एक उत्कृष्ठ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक काम गरिरहेका छौं,’ ढकालले भन्नुभयो ।

सिन्धुलीगढीमा ऐतिहासिक दरबार भग्नावषेश भएपछि चार करोड ३८ लाख बढीको लागतमा पुरानै शैलिमा निर्माण कार्य धमाधम भईरहेको छ । नेपाल–अंग्रेज युद्धका क्रममा हताहत भएको स्थलमा समाधि स्थल, आड भन्ञ्याङबाट गढीसम्म बडाहाकीम पदयात्रा गरेको बाटोलाई पुनर्निर्माण, लोक गायक कृष्ण विक्रम थापाको शालिक स्थापना जस्ता कार्यहरु भईरहेको ढकालको भनाई छ ।
यस बाहेक दुबै गढीमा प्रवेशद्धार, सानो र ठुलो पौवा, आड भन्ञ्याङ्ग गढीदरबार, युद्ध किल्ला, पिकनिक स्पोट, होमस्टे, अतिथी गृह, पानी, सौचालय, पार्किङ, हेलीप्याड, भ्यूटावर, म्युजियमका साथै स्थानीय भाषा, संस्कृति संरक्षणमा जोड दिइएको छ । पछिल्लो समय हरेक कात्तिक २४ गते सिन्धुलीगढीमा अंग्रेज विरुद्धको विजयउत्सवका रुपमा नेपाली झडोत्तलन गर्दै नेपाली सेनाले समाली समेत दिने गरेको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.