सिन्धुली । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वीयू) ले सिन्धुली बहुमुखी क्याम्पसमा १४ सुत्रिय माग राख्दै ज्ञापन पत्र बुझाएको छ । सिन्धुली बहुमुखी क्याम्पस कमिटिले आइतबार विभिन्न १४ वटा माग गर्दै क्याम्पसमा ज्ञापन पत्र बुझाएको हो ।
अनेरास्ववियू सिन्धुली बहुमुखी क्याम्पस कमिटिका संयोजक लोकेन्द्र बोगटीका अनुसार शैक्षिक बर्ष २०७६÷७७ को छात्रवृत्तिको नतिजा तत्काल प्रकान गर्नु पर्ने र २०७७÷७८ र २०७८÷७९ को प्रक्रिया अगाडि बढाउनु पर्ने, पुस्तकालयमा प्रयाप्त पुस्तक र नेट उपलब्ध गराउनु पर्ने, कलेज पोसाक अनिवार्य गर्नुको साथै डिजिटल आइडी कार्डको ब्यबस्था गर्नु पर्ने, कोभिड महामारीको कारण गतसालको कक्षा ११ का विद्यार्थीहरुलाई आदि मासिक शुल्क संन्चालक समितिमा छलफल गरि १२ मा छुट गराउने सर्त लागु गर्नु पर्ने लगायतका माग राखिएको छ ।
यस्तै स्नातकोत्तरको शुल्क घटाउनु पर्ने, घण्टी मिलाउनुका साथै नियमित पुण कक्षा सन्चालन गर्नुपर्ने, तत्काल क्याम्पस बसको ब्यबस्था गर्नु पर्ने, छात्रालाई वितरण गर्ने सेनिटरी प्यार्ड महिला सौचालयमानै उपलब्ध गराउनु पर्ने लगायतका १४ वटा माग राखिएको छ ।
आफ्ना जायज माग तत्काल पुरा नगरे कडा आन्दोलन गर्न बाध्य हुने समेत संगठनले चेतावनी समेत दिएको छ । उता ज्ञापन पत्र बुझ्दै सिन्धुली बहुमुखी क्याम्पसका प्राध्यापक भानु गुरुङले विद्यार्थी संगठनको मागका बारेमा क्याम्पस व्यवस्थापन र प्रशासन समक्षा तत्काल छलफल गरि निष्कर्षमा पुग्ने बताउनु भयो ।
हेर्नुहोस अनेरास्ववियुको ज्ञापन–पत्र
मिति २०७८÷०९÷१८ गते
ज्ञापनपत्र
अनेरास्ववियु आम विद्यार्थी समुदायको हकहित एवम अधिकारको सुनिश्चितता गर्दै समय सापेक्ष गुणस्तरीय शिक्षाको निम्ति नेतृत्वदायी भुमिका खेल्दै आइरहेको नेता संगठन हो। राष्ट्रियता, जनजिबिका, सामाजिक न्याय र समानताको पक्षमा लामो समय देखि अनेरास्ववियु आन्दोलित हुदै आइरहेको कुरा सम्पूर्ण नेपाली समुदायलाई सर्वविदितै छ । शिक्षा क्षेत्रको बिकृती, विसंगति एवम शिक्षामा भैरहेको माफियाकरण, दलालिकरण र ब्यापारिकरणप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण हुँदै आइरहेको छ । बढ्दो मुल्य वृद्धि, कालोबजारि, भ्रष्टाचार, अन्याय र असमानताको विरुद्ध अनेरास्ववियुले निरन्तर खबरदारी गर्दै आइरहेको छ ।
यसै बीच अनेरास्ववियु सिन्धुली बहुमुखी क्याम्पस कमिटी स्थापना कालदेखि नै यश क्याम्पसमा अध्यनरत हजारौं विद्यार्थीहरुको हकहित र अधिकारको साथै उज्वल शैक्षिक भविस्यको लागि हरेक विद्यार्थीको समस्यालाई आत्मसात गर्दै अनेरास्ववियु जस्तोसुकै आन्दोलन गर्न पनि तयार छ । अनेरास्ववियु सिन्धुली बहुमुखी क्याम्पस कमिटी देहाय बमोजिमको मागहरूको यथासिघ्र सम्बोधन गर्न हुन क्याम्पस प्रशासनको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौ यी मागहरुको यथासिघ्र सम्बोधन नगरिए क्याम्पस प्रशासन र सिङ्गो क्याम्पस संचालक समितिको विरुद्ध अनेरास्ववियु कडा रूपमा आन्दोलनमा उत्रीन बाध्य हुने चेतावनी दिन चाहान्छौं ।
हाम्रो मागहरू ः
१. शैक्षिकबर्ष २०७६÷७७ को छात्रवृत्तिको नतिजा तत्काल प्रकानका साथै २०७७÷७८ र २०७८÷७९ को प्रक्रिया अगाडि बढाइयोस ।
२. पुस्तकालयमा प्रयाप्त पुस्तक र नेट उपलब्ध गराउनुको साथै पुरा समय खुलाइयोस ।
३. कलेज पोसाक अनिवार्य गर्नुको साथै डिजिटल आइडी कार्डको ब्यबस्था गरियिस ।
४. कोभिड महामारीको कारण गतसालको कक्षा ११ का विद्यार्थीहरुलाई आदि मासिक शुल्क संन्चालक समितिमा छलफल गरि १२ मा छुट गराउने सर्त लागुगरियोस।
५. स्नातकोत्तरको शुल्क घटाइयोस ।
६. घण्टी मिलाउनुका साथै नियमित पुण कक्षा सन्चालन गर्नुपर्ने र जानकारी बिना अनुपस्थित हुने प्राध्यापकको हाजिर काटियोस ।
७. तत्काल क्याम्पस बसको ब्यबस्था गरियिस ।
८. क्याम्पस बाट प्रदान गरिने रसिदमा स्पष्ट विवरण खुलाइयोस ।
९. प्राध्यापकहरुलाई बितरण गरिएको ल्यापटप कक्षा संचालनमा प्रोजेक्टर मार्फत प्रयोग गर्नुका साथै विद्यार्थीहरुलाई कम्प्युटर सिकाइमा सहज बाताबरण सिर्जना गरियोस ।
१०. सेनिटरी प्याड महिला सौचालयमानै उपलब्ध गरियोस ।
११. समयसमयमा आन्तरिक मूल्याकंन गर्नुका साथै क्यालेन्डर अनुसारको गतिविधि गरियोस ।
१२. टाढाबाट आउने विद्यार्थीहरुलाई क्याम्पसको माताहतमा आवशको ब्यबस्था गरियोस ।
१३. हरेक बर्ष क्याम्पसबाट शैक्षिक अनुसन्धान भ्रमणको ब्यबस्था गरियोस ।
१४. प्राध्यापक भर्ना, स्थाई तथा पदोन्नति गर्दा बिधिवत नभएको बिगतको मागलाई सम्बोधन नभएकोले त्यसको तत्कालै जवाफ दिइयोस ।
हार्दिक अभिवादनसहित
लोकेन्द्र बोगटी
संयोजक