सिन्धुली । प्याब्सन सिन्धुलीको नौं औं जिल्ला सम्मेलन सिन्धुलीमा सुरू भएको छ । प्याब्सन सिन्धुलीका अध्यक्ष राजेश मास्केको अध्यक्षता तथा कमलामाई नगरपालिका सिन्धुलीका नगर प्रमुख खड्गबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्मेलन सुरु भएको हो । शनिबार सिन्धुलीमाढीमा आयोजित सम्मेलनलाई संबोधन गर्दै नगर प्रमुख खड्गबहादुर खत्रीले विद्यालय गएपछि १०–४ को समयलाई कर्तव्य बोध संझेर शिक्षक र व्यवस्थापन पक्षले काम गर्ने हो भने शिक्षा क्षेत्र पुर्ण रूपमा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले निजि होस या सामुदायिक विद्यालय जहाँ भएपनि नेपालीका छोराछोरी अध्ययन गर्ने उल्लेख गर्दै त्यस्ता बालबालिकाहरु देशका लागि योग्य र क्षमतावान भएर निस्कन सक्ने शिक्षा दिनु आजको आवश्यकता रहेको समेत औल्याउनु भयो ।
उहाँले भन्नु भयो, ‘आधुनिक र प्रतिष्पर्धा युक्त शिक्षाको आवश्यक छ । तपाईहरु शिक्षा क्षेत्रमा व्यवसायीक मात्र हैन कर्तव्यबोधका साथ काम गर्नुहोस स्थानिय सरकारले निजि र सामुदायिक विद्यालय भनेर कुनै भेदभाव गर्दैन हामी सहयोग गर्न तयार छौं ।’

सम्मेलनमा प्याब्सनका केन्द्रिय सदस्य ओम प्रधानले निजि विद्यालय र स्थानिय सरकारहरूविचको समन्वय प्रभावकारी हुनु पर्ने धारणा राख्नु भयो । उहाले भन्नु भयो, ‘शिक्षकहरूको क्षेमता अभिवृद्धि, विद्यालय व्यवस्थान, स्थानीय पाठ्यक्रमको लागु गर्ने देखि यसको रेखदेख, अनुगमन सरकारले नै गर्ने हो । हामीले लगानी गरेर सेवा नै गरेका छौं । यस्ता कार्यमा स्थानीय, प्रदेश र संघिय सरकारले समेत विभेद रहित ढंगले हेरी दिनुपर्छ ।’

कमलामाई नगरपालिका शिक्षा शाखा प्रमुख शंकरराज लुईटेलले निजि विद्यालयहरूको विकासमा गम्भिरहुन आग्रह गर्नु भयो । निजि विद्यालयमा कार्यरत शिक्षकहरूले नियुक्ति पत्र नपाएको, तलव न्यून पाएको, शेवा सुविधा नपाएको गुनासो आउने गरेको स्मरण गराउँदै लुईटेलले त्यस्ता गुनासोहरुलाई संस्थागतरुपमानै सम्बोधन गर्न आग्रह गर्नु भयो उहाँले भन्नुभयो, ‘ निजि विद्यालयका संचालन अनुमति, नविकरण, कक्षाअपग्रेट लगायतका कागजातहरू केकस्ता छन त्यसका आधारमा विवरण माग गरेपनि हामीले पाउन सकेका छैनौं । यस्तो विषयमा किन ढिला गर्नु भएको हो । हामी तपाईहरुको कर्मका आधारमा नगर शिक्षाका तफृबाट सहयोग गर्न तयार छौं ।’

सम्मेलनमा प्याब्सन सिन्धुलीका संस्थापक अध्यक्ष तथा सल्लाहकार सतिसचनद्र ढकालले निजि विद्यालयहरुको संस्थागत विकासमा धेरै उतारचढाव आएको स्मरण गर्नु भयो ।
कार्यक्रममा प्याब्सन बागमति प्रदेशका उपाध्यक्ष मीन प्रसाद काफ्ले निजि विद्यालयको प्रगतिलाई बाहिरबाट समर्थन गर्दै भित्रभित्रै कैचि मार्नेहरूको कमि नभएको उल्लेख गर्दै आफुहरुले श्रम गरेको तर, बाहिर हल्ला जस्तो नलुटेको भन्दै स्पष्ट पार्नु भयोे । उहाँले यस्तो टिक्का टिप्पणी नगरिदिन आग्रह समेत गर्नुभयो । कोभिड लगायतका कारण निजि विद्यालयहरूको आर्थिक अवस्था धरासायि बन्दा राज्यले खासै ध्यान दिन नसकेको गुनासो राख्नु भयो ।

प्याब्सन सिन्धुलीका अध्यक्ष राजेश मास्केले आफ्नो कार्यकालमा कोभिड–१९ को संक्रमणका कारण उल्लेख्य कामहरु गर्न नसकेपनि महामारीका विचमा पनि रेडियो शिक्षा, विद्यार्थीहरूको पाच महिनाको शुल्क मिनाहा, कोभिड प्रभावितहरूलाई सहयोग, राहत कोषमा आर्थिक सहयोग जस्ता कर्म गरेको स्मरणा गर्नु भयो ।

उपाध्यक्ष रेगनराज थापाले स्वागत मन्तव्य राख्नु भयो । सम्मेलनले आगामी कार्यकालका लागि आजै नयाँ कार्यसमिति चयन गर्ने ब्याब्सन सिन्धुलीका सचिव भानु गरुङले जानकारी दिनु भयो ।