राष्ट्रिय सम्मेलनका प्रतिनिधि कमरेडलाई पत्र

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

पृय कमरेड
रातो सलाम ।
तपाई हाम्रो गौरबशाली पार्टी माओवादी केन्द्रको प्रथम रास्टृय सम्मेलमा सहभागी हुनका लागि प्रतिनिधि छनौट भएको खबर सामाजिक संजाल मार्फत थाहा पाउँदा बिछट्टै खुशी छु। फोन मार्फत बधाई दिन मन लागेको थियो तर परिचय लिनु र दिनु पर्लाकी भन्ने डरले आट आएन।त्यसैले यो पत्र कोर्दै छु। सर्बप्रथमतस् तपाईलाई हार्दिक बधाई तथा सम्मेलन सफलताको शुभकामना ।

राती अबेर ओछ्यानमा पल्टिएर संजाल भरी छ्याप्छ्याप्ती रातो ब्यानरमा श्रद्देय अध्यक्ष कमरेड प्रचण्डको लोभलाग्दो तस्वीर र तलमाथि लेखिएको नारा पढ्दै गर्दा मनमा नानाथरी कुराहरू खेल्न थाल्यो।तपाई र मेरो दिनचर्या र जिबनशैलीको तुलना हुन थाल्यो। आहा तपाईंको लोभलाग्दो जिबनशैली, दिनचर्या (अतिथि, प्रमुख अतिथि, गाडी, घोडा, देश बिदेश वरिपरि जनता नेता कार्यकर्ता, फोटो खिच्ने खिचाउने, पोस्ट गर्ने, प्रसम्सा गर्नेको भिड…..म आफू( सधै एउटै काम, एउटै कुरा ड्युटी ड्युटी ।। थकान लखतरान। कस्तो निरस अनि निराश जिन्दगी। बल्ल तलब आयो यता तिर उता तिर ब्याज किस्ता ..हिसाबको चाङ हातमा शुन्य। छोडिदिन्छु अब जागिर सागिर नेता बन्छु। हैट१ के सोचेको त्यस्तो। बैंकको ऋण?अनि अस्ति घरमा श्रीमतीले स्कुटिको डिमान्ड गर्दा खपिनसक्नु उठेको रिस ,बोलचाल बन्द भएको, छोरो साइकल साइकल भनेर भातै नखाइ रोएको, छोरिको डिमान्ड बढ्दै गएको…. जागीर छोडेको भोलिपल्ट तेरो हालत? ओहो१ हुदैन, सकिँदैन। किन नसक्नु? नेताहरुलाई हेरन के थियो र? अहिले के छैन? सबै हुन्छ क्या नआत्तेउ। अह हुदैन। सबै सम्पन्न नै भएको कहाँ छ र? कतिको कस्तो हरिबिजोग छ। म लाई न त सम्पन्नताको लोभ छ न त हरिबिजोग भएर बाच्नु सक्छु।म त्यस्तो गर्न सक्दिन। मेरो नैतिकताले दिदैन। म झुटो कसम खान सक्दिन। सम्झ त ती दिनहरु।।। हाम्रो नेताले जित्दा जनताहरु खुशीले नाचेको। नेता खुशी के थियो र बिचरा निर्दोष तिनीहरु कति खुशी भएको। अहिले एक पछि अर्को गर्दै असन्तुष्ट पोखिरहेको, गाली गरिरहेको। त्यस्तो देखि देखि म पनि त्यस्तै हुने? अह हुदैन। मलाई यहि ठिक छ।

कमरेड , यस्तै यस्तै अनगिन्ती सोचाइको कारण रातभरि निन्द्रै लागेन। बिहान ६ बजेको खबर सुनेू माओवादी केन्द्रको प्रथम रास्तृय सम्मेलनमा पार्टी कमजोर भएको बारेमा समिक्षा हुनेू। मन प्रफुल्ल भयो। कुहिरोमा हराएर तुसारोमा परिनत भएको सपनाहरू बिहानको लालीकिरनसङै आशामा परिनत हुन थाल्यो। तर समिक्षा कसरी होला ? निस्कर्स कस्तो आउला भन्ने प्रस्नहरुले कौतुहलता बढाईरह्यो।बढ्दै गएको घामको तापसङै विभिन्न ब्यबहारिक तनावहरुले तातिरहेको मगज भित्र उकुसमुकुसताको बास्पिकरनलाई तरलतामा बदल्नको लागिपनि यो पत्र कोर्न बिबश छु कमरेड ।

कमरेड, मलाई तपाईंको प्रगतिसङ कुनै डाहा छैन। होलान् कतिपयकुराहरुमा फरक मत, फरक व्यबहार र फरक शैली। तर द्वन्द्वात्मक भौतिकबादमा बिश्वास गर्ने तपाई हामीसङ हरेक कुराहरु पचाउन सक्ने क्षमता छ। त्यसैले त म सधै तपाईंको सहयात्री बन्दै आइरहेको छु। तर कतिलाई लाग्दो हो मेरो आदर्श, मेरो बिचार र व्यबहार बेकम्माको।
जसले जे सुकै भनोस, जे सुकै सोचोस कमरेड। मलाई डर रत्तिभर छैन। किनभने मलाई थाहा छ कमरेड ( स्वार्थले, लोभ लालचले मानिसलाई कमजोर बनाउछ, कातर बनाउछ। अहिले सम्म कुनै ब्यक्तिगत स्वार्थमा डुबेको छैन, डुब्दिन पनि। त्यसैले शिर ठाडो पारेर आफ्नै यात्रामा अबिछिन्न लागिरहेको छु।

तर कमरेड, म मेरो बर्गप्रती, बिचारप्रती र रास्ट्रप्रती गम्भीर छु, चिन्तित छु।बर्गिय मुक्ति कसरी हुन्छ? मेरो पार्टीले बर्गिय र रास्तृय मुद्दाहरुलाई कसरी उठाउछ भन्ने बारेमा सधैं चिन्तित छु। जनतालाई हिउँ र पार्टीलाई नदि बनाएर कसरी युग युग सम्म कन्चन हिमनदी झै बगाउन सकिन्छ भनेर घोरिरहन्छु।
तपाईं जस्तै भएर हिड्न नसके पनि मैले मिल्ने मोर्चाबाट मैले सकेको योगदान दिदै आइरहेको कारण म रास्तृय सम्मेलनको प्रतिनिधि नभएपनि मेरो प्रतिनिधि तपाईं मार्फत मेरो निम्न प्रस्नहरु समिक्षाको लागि , छलफलकोलागि तपाईले फ्लोरमा राख्नु हुनेछ भन्ने बिस्वास लिएको छु कमरेड ।

१। काङ्ग्रेसले १४औ र एमालेले १०औ महाधिवेशन गर्यो। हाम्रो गौरबशाली पार्टी स्थापन भएको यत्रो बर्ष भै सक्दापनि यो सम्मेलनलाई किन पहिलो भनिएको? यसको मतलब पार्टी जनता थिएन भन्ने प्रमानित हुने कि नहुने ? दोस अध्यक्षको मात्रै कि समग्र नेतृत्वको? जनताको झुपडीमा, गुडमा जन्मिनु पर्ने नेताहरु कहाको कुन गुड वा गुटमा जन्मियो? बिचारको सम्स्लेशन कसरी भयो? पार्टी किन फुट्यो? लालगद्दारहरु कसरी जन्मिए, मौलाए?
२। हामीलाई मालेमाबाद र एक्काइसौं शताब्दीको जनबादको पाठ पढायो। तर मालेमाबादको आधारभुत गुणहरु, चरीत्रहरु हामी नेताहरुमा बिकास भयो कि भएन? कार्यकर्ताहरुमा कुन बर्ग चरीत्रको बिकास भैरहेको छ र कुन मनोबिग्यान हाबी भैरहेको छ ? एक्काइसौं शताब्दीको जनबाद के हो?कार्ययोजना बनाएर भनेको कि नबनाई भनेको?ठोस कार्ययोजना चाहिन्छ्की चाहिदैन? समाजबादमा पुग्ने तरिका, बाटो के हो?
३। जनयुद्धमार्फत हामीले उठाइएका एजेन्डाहरु स्थापित हुदा हाम्रा बर्गहरु कतिको लाभान्वित भए? समग्र जाति, क्षेत्र, लिङ्ग, समुदायको उत्थान भयो कि भएन? भएर पनि ती सबै हाम्रा हुन सक्यो कि सकेन? किन हामीलाई नै गाली गरिरहेका छन?

४। हामीले बोलेको कति पूरा भयो कति बाकी के के बाकी जनतालाई जानकारी छ?जनता हामी सङ आशाबादी हुने आधार कसरी निर्माण गर्ने?
५। पार्टी खुल्ला भएपछि अधिकाम्स नेताहरु सहर पसे तर शहरमै संगठन कमजोर कसरी भयो?
६। गाउँ र शहरको सिंहदरबारमा आसिन हाम्रा जनप्रतिनिधिहरु काङ्ग्रेस र एमालेको भन्दा फरक छ कि छैन? सेबाग्राही जनताले फरक अनुभुती गरेको छ कि छैन?
७। आन्तरिक र वैदेशिक सबालमा, रास्ट्र सन्चालनमा हाम्रा नीतिहरु स्पस्ट छ कि छैन? समग्र शिक्षानिती, भु( नीति, सामाजिक सुरक्षा निति।।।। कस्तो हुने?
८। ब्यक्तिगत सम्पत्तिको सबालमा हाम्रो स्पष्ट धारना के हो?

यी माथि उल्लेखित साथै अन्य महत्त्वपूर्ण विषय बस्तुहरुमा यो प्रथम ऐतिहासिक सम्मेलन केन्द्रित हुनेछस एउटा नया बिचारको जन्मले पार्टीलाई साच्चै नया र क्रान्तिकारी बनाउने छ, नेपाल र नेपाली जनताहरुलाई नयाँ युगमा प्रवेश गराउने छ भन्ने आशा र अपेक्षाका साथ पुनः हार्दिक बधाई र सम्मेलन सफलताको शुभकामना कमरेड ।

हार्दिक क्रान्तिकारी अभिबादन सहित
अमृत घिसिङ, सिन्धुली

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.