वडा अध्यक्ष खड्काद्धारा पन्चकन्याका २७ जना बिद्यार्थिलाई १ बर्षभरीलाई स्टेशनरी सामाग्री वितरण

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली २६ मंसिर । पन्चकन्या प्राथमिक बिद्यालय ऐसेलुजंगारका २७ जना बिद्यार्थिलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ । कमलामाई नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर खड्काले ऐसेलुजंगारका बाल कक्षा देखि कक्षा ३ सम्मका बिद्यार्थिलाई सामाग्री वितरण गर्नुभएको हो ।

वडा अध्यक्ष खड्काले आफ्नै व्यक्तिगत लगानिमा पन्चकन्यामा न्युन आयस्तर भएका,गरीब र बिपन्न परीवारका बिद्यार्थीहरु अध्ययन गर्ने भएकाले बिद्यार्थीलाई १ बर्षभरी पुग्नेगरी शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।

पन्चकन्या बिद्यालयलाई सरकारको नियमअनुसार मर्ज गर्ने तयारी गरीएको थियो तर वडा अध्यक्ष खड्काले आफ्नो वडा भित्रको सम्पतिलाई आफैले रक्षा गर्ने बताउँदै बिद्यालयलाई मर्जे गर्ने अधिकार दिनु भएन । “मैले मर्जे हुन बाट रोकेको बिद्यालय हो । यस बिद्यालयमा अध्ययन गर्ने प्रत्येक बालबालिकाको जिम्मेवार मेरो हुनेछ । अहिले ५ कक्षाको बिद्यालय घटाएर ३ कक्षामा झारीएको छ । अब यो बिद्यालयलाई कसरी उकास्ने मेरो पनि जिम्मेवारी रहन्छ । ” उहाँले भन्न्ुभयो ।

“यहाँका बिद्यार्थीहरु धाएर गौमती स्कुल पुग्नु पर्ने बाध्यता छ । बर्खाको समयमा बिद्यार्थीहरुलाई सारै कष्टकर यात्रा गर्नुपर्ने हुन्छ मेरैपालामा सडक त ल्याएको छु अब कालोपत्रे गर्ने बाँकि छ ।” उहाँले थप्नुभयो ।

बिद्यार्थिहरु शैक्षिक सामाग्री नभएर बिद्यालयनै आउन नमान्ने शिक्षकहरुको गुनासो आएकाले आफ्नै लगानीमा एक बर्षभरी लाई सामाग्री प्रदान गरीएको वडा अध्यक्ष खड्काले बताउनु भयो ।

उहाँले यसभन्दा अघिपनि जनज्योती माबि फोस्रेटारका ५१ जना बिपन्न तथा आयस्तर न्युन भएका बिद्यार्थीहरुलाई न्यानो कपडा सोइटर बितरण गर्नुभएको थियो । त्यस्तै सिलामेका २९ जना बिद्यार्थीलाई पनि एक बर्षभरी पुग्ने स्टेशनरीका सामाग्री बितरण गर्नुभएको थियो ।
त्यस्तै वडा अध्यक्ष खड्काले बिद्यालयलाई मास्क,सेनिटाइजर र डिटोल साबुन पनि प्रदान गर्नुभएको छ ।

आज बिद्यालयमा एक औपचारीक कार्यक्रमका बिच सामाग्री वितरण गरिएको हो । पन्चकन्या प्राथमिक बिद्यालय ऐसेलुजंगारका ब्यबस्थापनका अध्यक्ष गणेष बहादुर श्रेष्ठको अध्यक्षता तथा ५ नम्बर वडाका वडा अध्यक्ष पुर्ण बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.