सिन्धुलीमा पूर्व सुरक्षाकर्मी परिषद गठन

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली २७, कात्तिक । सिन्धुलीमा पुर्ब सुरक्षाकर्मी परिषद नेपालको गठन भएको छ । शनिबार सिन्धुलीमाढीमा अवकास प्राप्त सुरक्षाकर्मी बासुदेब श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय परिषद गठन गरिएको हो ।
नेपाली सेनाको पूर्व जनरल तथा इतिहासवीद डाक्टर प्रेमसिं बस्न्यातको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहसंयोजक हरिबहादुर खड्का, महासचिव विष्णुकुमार कार्की, सचिवमा सुक्रबहादुर बम्जन, कोषाध्यक्षमा पदमराज थिङ, सहकोषाध्यक्ष सुमन वाइवा चयन भएका छन् ।


कार्यक्रममा प्रमुख अतिथी तथा इतिहासवीद बस्न्यातले ऐतिहासिक सिन्धुलीगढिमा अङ्ग्रेज फौज लाई गोर्खाली सेनाले बहादुरी देखाएर बिरगती प्राप्त गरेको इतिहासको बिषयमा छर्लङ्ग पार्नुभयो ।
सिन्धुली युद्धको भुमि हो भन्दै उहाँले पुर्व सुरक्षाकर्मी परिषद राजनिति गर्ने थलो नभएको बताउनु भयो । सुरक्षाकर्मीले सिँहदरबारको भाग खोज्न होइन जनताको सुरक्षाको लागि खडा भइरहेको उहाँको तर्क रहेको छ ।
एउटा सिपाहिले १६ बर्षे सम्म आफ्नो बल,उमेर देश र जनातको लागि अर्पण गरी पेन्सन लिई आफ्नो परिवार पाल्नको लागि खाँडि पस्ने अबस्थाको कहिले अन्त्य हुन्छ भन्दैे सरकार सँग प्रश्न गर्नुभयो । ठुला फुली धारण गरेका जुनसुकै पदका ब्यक्ति लाई सम्मान गर्ने तर अन्य सिपाहि जो ठुला फुली धारण गरेका भन्दा ठुलो भुमिका भएकालाई कुनै इज्जत नदिने उहाँले आरोप लागाउनु भयो ।
परिषदमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, सिंगापुर पुलीस तथा भारीतिय सेनामा कार्यरत रहि अवकास प्राप्त सुरक्षाकर्मीहरुको सहभागिता रहेको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.