२५४ औं सिन्धुलीगढी विजयोत्सवको तयारी पुरा

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुलीगढी २२, कात्तिक । नेपाली विर गोरखालीहरुले साम्राज्यवादी वृटिस अंग्रेज सेनाहरुसंग भएको युद्धमा विजय प्राप्त गरेको स्मरणमा सिन्धुलीगढीमा २५४ औं विजयोत्सव समारोहको आयोजना गरिने भएको छ ।
यहि २४ गते बुधबारका दिन गोरखाली फौजले साम्राज्यवादी वृटिस सेनाहरुलाई परास्त गराएको २५४ वर्ष पुरा भएको स्मरणमा सिन्धुलीगढीमा राष्ट्रिय झण्डा झण्डोत्तलन गर्दै विजयोत्सव मनाइने भएको हो ।
यसका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर खत्रीले विभिन्न कार्यक्रमका साथ २५४ औं विजय उत्सब भव्यताका साथ आयोजना गर्ने बताएका हुन् ।
कार्यक्रममा पूर्व रक्षामन्त्री तथा नेकपा एमालेका महासचिव इश्वर पोखरेल लगायतको उपस्थिती रहने छ ।

विजयउत्सवको अवसरामा मंगलबार सिन्धुलीमाढीमा बंसु गुरुङ स्मृति प्रतिष्ठानको (आइएफसी) र कमलामाई नगरपालिका वित्र मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिने समेत बताइएको छ । ‘प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँको पुरस्कार समेत पाउने छन्,’ मेयर खत्रीले भने ।
यस्तै सिन्धुलीमाढीमा नगरले निर्माण गरेको विपी र पुष्पलालको शालिक समेत अनावरण गर्ने कार्यक्रम तय भएको छ ।
‘अघिल्लो वर्ष कोरोना भाईरस संक्रमणका कारण सिन्धुलीगढीमा औपचारीक रुपमा झण्डोत्तलन तथा नेपाली सेनाले सलामी दिएरमात्र विजयोत्सव मनाइएको भएपनि यो वर्ष भने भव्यरुपमा कार्यक्रमको आयोजना गरिएको छ,’ उनले भने ।

सिन्धुलीगढी किल्ला नेपाली विर गोरखालीहरुको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, बंशराज पाण्डे र बंशु गुरुङले विसं १८२४ कात्तिक २४ गतेका दिन साम्राज्यबादी व्रिटिस अंग्रेज फौजलाइ परास्त गर्दै नेपालको सार्भभौम र अखण्डता जोगाएको ऐतिहासिक स्थल हो ।
सोही अवसर पारेर बुधबार सिन्धुलीमाढीमा नेपाली सेना मार्फत झन्डोत्तलन गर्नुका साथै नेपाली सेनाको बर्दबहादुर गणले सलामी अर्पण गर्ने कार्यक्रम तय गरिएको छ ।
यो वर्ष सिन्धुलीगढी विजयउत्सवमा सहभागि हुन आउनेहरुले नेपालकै पहिलो र एक मात्र ऐतिहासिक युद्ध सङ्ग्राहलयको अवलोक गर्न पाउने छन् ।
विजय उत्सवमा नगर प्रमुख खत्रीले आफु निर्वाचित भएदेखिनै सिन्धुलीगढीको पुनर्निर्माण, संरक्षण र सम्बद्र्धनमा उच्च प्राथमिकतामा राखेर काम गरेको बताउँदै पछिल्लो समय गढीलाई विश्वसामु चिनाउने अभियान लागेको बताए ।

उनले भने, ‘भग्नावशेष गढी क्षेत्रको विकासमा स्थानीय सरका प्राथमिकता दिएको छ । आगामी दुई वर्ष भित्र गढीको धेरै निर्माण कार्य सकिन्छ । ऐतिहासिक स्थलको विकास संगै यसको सामरिक महत्वबारे विश्वसामु चिनाउने अभियानमा छौं ।’
२०२० सालसम्म जिल्लाको सदरमुकाम समेत सिन्धुलीगढीमै थियो । तर, २०२० सालमा सदरमुकाम माढीमा झारीएपछि गढीको संरचना भत्कीएर लोप हुँदै गएका थिए ।
सिन्धुलीगढीबाट काठमाण्डौं छिर्न नपाएको झोकमा हरिहरपुरगढी किल्ला हुँदै काठमाण्डौं उपत्यकाको आक्रमणमा अघि सरेको अंग्रेज फौज विस १८२४ मै त्यहाँपनि हारेर रौतहट जिल्ला फर्केको इतिहास रहेको गढीका अध्यता सागरकुमार ढकालको भनाई छ ।

सिन्धुलीगढीमा गत वर्ष पृथ्वीनारायण शाहको शालिक स्थापना गरिएको छ भने ४ करोड रुपैयाँबढीको लागतमा युुद्ध सङ्ग्राहलय निर्माण गरिएको छ । उक्त युद्ध सङ्ग्राहलयको गत वर्ष राष्ट्रपती विद्यादेबी भन्डारीले एक कार्यक्रमका विच उदघाटन गर्नु भएको हो । गढीमा हिल स्टे र सिन्धुलीगढी (रानी) दरबारको पुनर्निर्माणको काम तिब्रगतिमा भईरहेको नगरपालिकाले जनाएको छ । सिन्धुलीगढी पर्यटन वर्ष २०२० कालागि सरकारले घोषणा गरेका उत्कृष्ठ एक सय पर्यटकीय गन्तव्य स्थलमध्येको एक स्थल हो ।
पछिल्लो समय सिन्धुलीगढीको विकासमा राष्ट्रपति, प्रधानमन्त्री तथा प्रदेश र स्थानीय सरकारले समेत उत्तिकै चासो दिन थालेका छन् ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.