सिन्धुलीमा ८३ हजारले लगाएर कोरोना भाइरस विरुद्धको खोप

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली । सिन्धुलीमा ८३ हजार बढीले कोरोना भाईरस (कोभिड–१९) विरुद्धका खोप (भ्याक्सीन) लगाएका छन् ।
स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार बिहिबारसम्ममा कोभिसिल्ड, एस्ट्राजेनिक, भेरोसेल र जनसन खोल लगाउनेको संख्या ८३ हजार ३ सय २२ जना पुगेको हो ।
सिन्धुली अस्पताल र जिल्लाका दुई नगरपालिका सहित नौं वटै स्थानियतहका विभिन्न स्वास्थ्य संस्थाहरुमा विभिन्न चरणमा गरि लगाइएको खोपहरु प्रभावकारी भएको समेत स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिए ।
शाहका अनुसार जिल्लामा कोभिसिल्ड पहिलो डोज ११ हजार ६ सय २४ र दोस्रो डोज २ हजार ३ सय ६१ जनाले लगाएका छन् ।

एस्ट्राजेनिक १ हजार ३ सय ८० जनाले पहिलो डोज र ६ हजार २ सय १२ जनाले दोस्रो डोज लगाएका छन् भने भेरोसेल ५६ हजार ९ सय ६८ जनाले पहिलो डोज र १७ हजार ७ सय ९५ जनाले दोस्रो डोज लगाएका छन् ।
यस्तै जनसन एण्ड जनसन १३ हजार ३ सय ५० जनाले लगाएका छन् । ‘सुरुका दिनहरुमा भ्याक्सीन लगाउनेहरुको संख्यामा कमि भएपनि पछिल्लो समय जिल्लाका सर्वसाधरणमा कोभिड–१९ विरुद्धको भ्याक्सीन लगाउनेहरुको संख्या निक्कै भएको पाइएको छ,’ उनले भने ।
जिल्लामा अझै धेरै संख्यामा खोपको माग भएको बताइएको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी, कर्मचारी, शिक्षक, बृद्धबृद्धालाई प्राथमिकतामा लगाइएको खोप पछिल्लो समय १८ वर्ष माथिका युवा, युवती तथा विद्यार्थीहरुले लगाउने गरेका छन् ।

जिल्लामा पहिलो र दोस्रो चरणमा गरी हालसम्म ४ हजार ६ सय ५५ जनामा पिसिआर विधि र ४ हजार २७ जनामा एन्टीजेन प्रविधिबाट कोभिड–१९को परिक्षण गरिएकोमा ३ हजार २ सय १५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकामध्ये हालसम्म १६ जना महिला र २९ जना पुरुष गरि जम्मा ४५ जनाको मृत्यू को स्वास्थ्य कार्यालय सिन्धुलीले पुष्टि गरेको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.