किसानका हाँस र कुखुराले बजार पाएन

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

सिन्धुली । सामुहिक चक्लाबन्दीमा ठुलो संख्यामा पालेको हाँस र कुखुरा विक्री नहुँदा किसानहरु चिन्तीत बन्न थालेका छन् ।
सिन्धुलीको दुधौली नगरपालिका २ हतपतेमा रहेको सामुहिक चक्लाबन्दी खेती अन्तरगत किसानहरुले पालेको हाँस, लोकल कुखुरा, बंगुर र माछाले बजार नपाएको किसानहरुले गुनासो गरेका हुन् ।
स्थानिय किसानहरुले पालेको करिब २ हजार हाँस विक्री नहुँदा दानाकै चिन्ता थापिएको स्थानीय किसान दिनेशराम राउतले बताए ।
‘सुरेश राउत सहित चार जनाले सामुहिक रुपमा पालन गरेको हाँसको संख्या २ हजार बढी छ । पाँच सयबढी लोक कुखुरा छन् तर, एउटा पनि विक्री हुन सकेको छैन् । हामीलाई बजारको समस्या भयो,’ उनले भने ।

हाँस विक्री नहुँदा हाँसलाई खुवाउने दाना किन्न समेत पैसाको समस्या भएको छ । ‘यस अघि प्रति गोटा १५ सय रुपैयाँसम्म विक्री हुने गरेको हाँस अहिले पाँचसय रुपैयाँ प्रतिगोटा दिँदा समेत विक्री हुन छाडेको छ,’ उनले भने ।
अर्का किसान शुरेस राउतका अनुसार सोही ठाउँमा ८० कठ्ठा क्षेत्रफल जमिनमा आठ ओटा पोखरी बनाएर सामुहिक माछा पालन गरिएको छ । अहिले माछा विक्री गर्ने समय भएपनि माछाले समेत बजार नपाएको उनको गुनासो छ । ‘पोखरीमा करिब २ सय कुइन्टल माछा होला तर विक्री गर्न सकिएको छैन,’ उनले भने ।
हाँस, माछा, बंगुर र लोकल कुरा पालन गरेर गाउँघरमै स्वरोजगार बन्ने सपना बोकेको भएपनि उत्पादीत हाँस, माछा, बंगुर र लोकल कुखुराले बजार नपाउँदा लगानी खेर जाने चिन्ता थपिएको किसानहरुको गुनासो छ ।
हाँस र कुखुरा विक्री हुन छाडेपछि त्यसको अण्डाबाट चल्ला निकाल्न ह्याचरी मेसिन समेत खरिद गरेर ल्याई चल्ला तयार गर्दा पनि चल्ला नै विक्री गर्न समेत कठिन भएको उनिहरुको भनाई छ । हाँस र कुखुरा विक्री नहुँदा कामदारलाई ज्याला दिन, दाना किन्न र आफैलाई घर व्यवहार चलाउन समेत कठिन भएको बताइएको छ ।

कृषिलाई आधुनिकिकरण र वैज्ञानिकीकरण गर्दै सामुहिक खेती प्रणालीको विकास गर्न सरकारले सामुहिक खेति प्रणालीलाई प्रथामिकतामा राखेपछी हत्पतेमा १ सय २१ विगाह जमिनमा सामुहिक चक्लाबन्दी खेति सुरु गरिएको थियो ।
सरकारले सामुहिक खेती प्रणालीलाई विकास र विस्तारमा जोड दिएपछि उत्साहित भएका यहाँका कृषकहरु बजार नपाएपछि भने थप निरास बन्दै गएका छन् ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.