ऐतिहासिक सिन्धुलीगढिको मुख्य स्थान पौवागढि ओझेलमा

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

ऐतिहासिक सिन्धुलीगढिको मुख्य स्थान पौवागढि ओझेलमा परेको छ । सिन्धुलीगढिको पुन संरचना तथा युद्ध संग्रालयको स्थापना भएपनि सिन्धुलीगढिको अर्को मुख्य स्थान पौवागढि भने ओझेलमा परेको हो ।
कमलामाई नगरपालिका ३ स्थित पौवागढि काठमान्डौँ बाट जाने फर्किनि त्यस्तै लामा बगर हुँदै तिब्बत जाने एउटैमात्र नाका रहेको सिन्धुलीगढि पुस्तकका लेखक सागर कुमार ढकालले इतिहासमा रहेको बताउनु भायो ।
इतिहासमा भारि अनुसारको भन्सार अशुल गर्ने भएकाले पौवागढिलाई पुच्छ्र्े ‘कर’ भन्ने गरेको ढकालको भनाई रहेको । पौवागढि त्यो समयमा मुख्य आम्दानि हुने ठाउँ भएकाले मल्लहरुले कब्जा गरेका थिए । त्यस्तै किन्लक राजाले पनि पौवागढि ९आणा० लाई कब्जा गरेका थिए ।
मकवानपुर राज्य गोर्खाले जितेपछि मकवानपुर जित्नस भन्दा ७ दिन अगाडि गोर्खालि सेनाले पौवागढि पनि जितेको इतिहास रहेको उहाँले बताउनु भयो । पौवागढि जितेको ५ बर्ष पछि सोहि पौवागढिबाट अङ्गेजलाई गोर्खालि सेनाले लखेटेका थिए ।
पौवागढि घुम्न आउने पर्यटकलाई सहजिकरण नभएकाले पनि पौवागढिमा पर्यटक जादैनन् । पौवागढि बिपि राजमार्ग संग जोडिएकाले बिशेषगरि पार्किङ गर्ने स्थान छैन ।
कमलमाई नगरपालिकाका नगर प्रमुख खडुग बहादुर खत्रिले पोवागढिको संरक्षणका लागि पहल गर्ने बतायनु भयो ।
यसैबिच ऐचिहासिक सिन्धुलीगढिमा पर्यटकको आकर्षण बढुदो रहेको छ । जापान,भारत र चिन बाट पनि पर्यटकहरु आउने नगर प्रहरि हवल्दार इन्द्र गौतमले जानकारि दिनुभयो ।
सिन्धुलीगढिमा युद्ध संग्राहलय स्थापना तथा बिभन्न ऐतिहासिक बस्तुको संरक्षण सँगै आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छनुु । सिन्धुलीको छिमेकि जिल्लाहरु लगाायत पुर्बको झापा,मोरङब बाट पनि पर्यटक आउने गरेको हवल्दार गौतमले बताउनु भयो । उहाँका अनुसार युद्ध संग्राहलय स्थापना भएदेखि अहिले सम्म १४ हजार भन्दा बढि पर्यटक भित्रिएका छन् । जसबाट ७ लाख ५१ हजार भन्दा ३० रुपैया रकम संकलन भएको छ ।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.