नेपाल सरकारद्धारा लोक गायक नवीन पौडेल लाई पदक प्राप्त

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on whatsapp
WhatsApp
Share on email
Email

गीत सँगितको माध्यम बाट जनतालाइ चेतना फैलाउन महत्वपुर्ण भुमिका खेले बापत लोक गायक नवीन पौडेल ले नेपाल सरकार बाट पदक प्राप्त गरेका छ्न। अन्तरास्ट्रिय कलाकार मन्च नेपालकाका उपाध्यक्ष समेत रहेका चर्चित लोक दोहिरी गायक नवीन पौडेल लाई नेपाल सरकारको सिफारिसमा सम्माननिय रास्ट्रपति द्वारा प्रबल जनसेवाश्री चतुर्थ मानपदबी ले सम्मानित गरिएको छ।

सम्बिधान दिवस को अबसर पारेर विभिन्न क्षेत्रमा योगदान गर्ने ब्यक्ती ब्यक्तित्वहरुलाइ सम्मान गर्ने गरिन्छ। साँगितिक क्षेत्रमा उल्लेखनिय कार्य गरे बापत गायक नवीन पौडेल लाई सम्मान गरिएको हो।उनले चेतनामुलक, समयसापेक्ष, यथार्थपरक, महिलामुक्तिका गीत सङ्गीत मार्फत जनतामा चेतना भर्नमा उल्लेखनीय योगदान गरेका छन। उनका गीतले के बालक के बृद्धअबश्था के युबायुबती सबैको मन जितेको हुन्छ।

समाजका बिकृती बिसँगती अन्याय अत्याचारका बिशयबस्तुलाइ गीत मा उतारेर जनताको मन जित्न सफल गायक नबिन पौडेलले नेपालका करिब पैसठ्ठी जिल्ला र बिश्वका तीन दर्जन बढी देशको साँगितिक भ्रमण गरेर नेपाली कला सँस्कृती लाई बढावा दिनमा निक्कै ठुलो योगदान गरेका छन। यस अघि पचास हजार राशिको नुरगँगा प्रतिभा पुरस्कार लगायत विभिन्न संघ सस्थाहरु बाट पुरस्कृत एबम म्युजिक अवार्ड हरु प्राप्त गरिसकेका छन।

ए हजुर सुन्नुभाछर, श्रीनगर बतासे डाडैमा, हरेक जातजाति छौँ नानाथरी, आजै भेट भाको पोखरा आको, जान्न मत त्यो घर, फुलेको तोरिलाई बैँस आको छोरिलाइ, लेउ खुकुरी लेउ लगायत यथार्थपरक एबम समय सापेक्ष गीत हरु निकै नै चर्चित भैसकेका छन। स्टेजमा गैसके पछि हजारौँ दर्सक लाई आफुतिर आकर्सित गराउन सक्ने क्षमता भएकोले दर्सक श्रोता बाट स्टेज किङ को उपधी समेत पाउन सफल भएका पौडेल प्रस्तोता समाज नेपाल, रास्ट्रीय लोक तथा दोहोरी गीत प्र्तिस्ठान नेपाल का केन्द्रिय सदस्य रहि सकेका छन। पौडेलले शब्द लय अनि सँगीत आफैले श्रीजना गर्ने र स्वर भर्ने क्षमता राख्छन। आगामी दिनमा अझ प्रगतिको शुभकामना हाम्रो तर्फबाट पनि।

Shares0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढौँ
भिडियो
ट्रेण्डिङ

ठेगाना: आम संचार केन्द्र सिन्धुली एवं रेडियो सिन्धुली आवाज ९४.७ मेगाहर्ज, कमलामाई नगरपालिका ३, सिन्धुली

सम्पर्क कार्यालय: कमलामाई नगरपालिका ५, मधुटार, सिन्धुली
फोन: +977-047520024
मो नं. : +9779869888578
संस्था दर्ता नं. : १२/०७६/०७७
रे.सं.ई.नं. : ०१/०७६/०७७

अध्यक्ष: राजन गाउँले

प्रशासन प्रमुख: विवेक आछामी
 

सम्पादक: राजन परियार

प्रबन्धक: दिपक सासंकर

© 2020 All rights reserved

Powered By Volenath Group Pvt. ltd.