Views:
1,176
विशाल शंकर,२६ भाद्र, २०७८, सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ५ स्थित कालीमाई मन्दिर परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा शनिवार विहान सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।

सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीको सहकार्य रहेको सरसफाई कार्यक्रममा प्रहरी नायब निरिक्षक दल बहादुर श्रेष्ठको नेतृत्वका प्रहरी टोली सहित स्थानिय यूवा क्लव, कालीमाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानिय तथा पत्रकार समेत उपस्थित थिए ।

करिब २५ जनाको सहभागितामा कालीमाई मन्दिर परिसर भित्री र बाहिरी क्षेत्र सरसफाई गरिएको समुदाय प्रहरी साझेदारी सिन्धुलीका हवल्दार रविन्द्र ठाकुरले जानकारी दिनुभयो ।

LikeShares0